दिक्तेल अाउने खानेपानीकाे मुहानमै विराेध

"जवर्जस्ती गरे जेपनि हुन सक्छ"

एबिसि खबर
खाेटाङ २७ भदाै । दिक्तेल बजारमा विस्तार गर्न लागिएकाे बजार शहरी खानेपानी अायाेजना रम्बा खाेला, माझाखाेला अायाेजनाले सम्झाैता विपरित खानेपानीकाे मुहान ल्याउन लागेकाे भन्दै स्थानीय विराेध जनाएका छन्। अायाेजनाले स्थानीय उपभाेक्ताहरुसँग छलफल र सम्न्वयनै नगरी विना अाधार छेपेखाेला काहुले मुल मुहानकाे पानी लैजाने भनेपछि स्थानीयले विराेध जनाएका हुन्।
एडिविकाे अार्थिक लगानीमा सदरमुकाम दिक्तेलमा विस्तार हुन लागेकाे खानेपानी अायाेजनाले दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिकाकाे वडा नं २ र ६ का स्थानीय उपभाेक्तासँग छलफल नै नगरी पाईप विस्तार गर्न लागेपछि विराेध भएकाे हाे।
पहिल्यै पुर्खाहरुले दिक्तेल बजारमा खानेपानीकाे अभाव हुँदा ३२ एमएमकाे पाएपबाट पानी लानेगरि साेल्मालीहरुले दिएका थिए। तर त्यसलाई बढाएर ४० एमएम र ६३ एम एम बनाईयाे । याे कसकाे निर्णयले भयाे जानकारी नभाकाे स्थानीय जीतराज राईले गुनासाे गर्नु भाे।
यता हिजाे पुर्खाले दिएकाे पानी अाशिरवात सरह हुने भन्दै माझ खाेला र रम्बा खाेलाकाे पानी सकुशल लान दिईएकाे तर छेपेखाेलाकाे पानी पनि ल्याउने भनेपछी सहन गाराे भएकाे छेपेखाेला काहुले मुहान संघर्ष समिति संयाेजक हर्क पराजुलीले बताएका छन्।
छेपेखोला काहुले मुहान संघर्ष समितिले शुक्रबार दिक्तेलको किरातचोकस्थित नछुङ होटलमा पत्रकार सम्मेलन गरेर काहुले मुहानको बिकल्प खोज्न आग्रह गरेका छन् । बिना जानकारी काहुले मुहानको पानी अन्यत्र लैजान खोजिएकाले बिरोधमा उत्रनु परेको छेपेखोला काहुले मुहान संघर्ष समितिका संयोजक पराजुलीले बताए ।
काहुले मुहानको पानी अन्यत्र लैजाँदा सो मुहानमा आश्रित सोल्मा र नेर्पाका चार वटा नहर सुक्ने खतरा देखिएको उनीहरुको भनाई छ । स्थानीयका अनुशार काहुले मुहानबाट हाल सोल्मातर्फका पुर्खौली राजकुलो, सोल्मा–दिक्तेल–लफ्याङ नहर, छेपेखोला तलपुङ बेँसीटोल ठूलो कुलो तथा नेर्पातर्फ गौरवको नहर सञ्चालनमा छन् ।
काहुले मुहानलाई शहरी खानेपानी तथा सरसफाई आयोजनामा समावेश गरे सोल्मा र नेर्पाका करिब १० हजार रोपनी जग्गा सिँचाईबाट बञ्चित हुने र एक हजार परिवार विस्थापित हुने खतरा देखिएको संघर्ष समितिका संयोजक पराजुलीले बताए । ‘काहुले मुहानको पानीलाई अन्यत्र लैजान दिने हो भने करिब १० हजार रोपनीभन्दा बढि जमिन सुक्खा हुने र उत्पादनमा ह्रास आउने खतरा छ,’ संयोजक पराजुलीले भने, ‘यही कारण सोल्मा र नेर्पाका करिब एक हजार घर परिवार विस्थापित हुने र बसाई सर्नुपर्ने देखिन्छ । त्यो अवस्था नआओस भन्ने हाम्रो माग हो ।’
सोल्मा र नेर्पा भौगोलिक हिसावले सुन्दर, बलियो तथा उर्वर क्षेत्र भएकाले भविष्यमा घना वस्ती बिस्तार हुने सम्भावना भएको तर भएका पानी अन्यत्र लगिए भविष्यमा पानीको श्रोतको अभाव हुने देखिएको स्थानीयको भनाई छ ।

    स्थानीयको उठिबास नै लगाउने गरी योजना सञ्चालन गर्नुको सट्टा मुहानको बिकल्प खोज्नुपर्ने रम्बाखोला माझखोला संघर्ष समन्वय समितिका संयोजक धनीराम राईले बताए । ‘काहुले मुहान अन्यत्र लैजाने डिजाइन के, कसरी र कसको रोहवरमा गरियो, हामी अन्योलमा छौँ,’ संयोजक राईले भने, ‘काहुले मुहान अन्यत्र लगिए भोलीका दिनमा हामी भोकभोकै मर्नुपर्ने अवस्था आउने छ, त्यो अवस्था नआओस भन्ने हाम्रो माग हो ।’ छेपेखोला र काहुले मुहानको पानी संरक्षणका लागि २०४९ सालदेखि नै बेला–बेलामा आन्दोलन सुरु गरिएको नेर्पाका चित्रबहादुर गुरुङले बताए ।

२०७६ साल माघ ४ गते दिक्तेल शहरी खानेपानी उपभोक्ता समितिसँग गरिएको सम्झौता कार्यान्वयन नभएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । ७५ एमएमको पाईपबाट पानी लैजाने सहमती भए पनि माझखोलामा पुरै ड्याम बाँधेर पानी लैजान लागिएको स्थानीय जितराज राईले बताए । स्थानीयको अवरोधका कारण आयोजनाको काम प्रभावित हुने देखिएको छ ।
१८ महिनाभित्र दिक्तेल बजार तथा आसपासका वडामा प्रशोधित एबं शुद्ध पानी वितरण गर्ने लक्ष्यकासाथ २०७५ साल चैत १४ गतेदेखि दिक्तेल शहरी खानेपानी तथा सरसफाई आयोजनाको काम सुरु गरिएको हो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here