खोटाङको भर्जिन लोकेशनमा भर्जिन कलाकार

१७ खोटाङ । खोटाङका स्थानीय कलाकारहरुले भर्जिन लोकेशनमा नया कभर डान्स भिडियो बजारमा ल्याएका छन् । जिल्लामै पहिलो पटक छाँयाकन गरिएको कभर भिडियोको परिकल्पना, कोरीयो ग्राफ तथा निर्देशन उत्साह राईले गरेका छन् ।

जिल्लाको तिप्सालुङ पार्क र मुडे डाँडा आसपासमा छायाँकन गरिएको कभर भिडियोमा नृत्य निर्देशक उत्साहा राई, कलाकारहरु परिणय सैँजु, निशा राई, अरुणा राई, एलिना राई, प्रशिका भट्टराई, सुस्मिता राई, र रेस्टिना राईले नाचेका छन् ।
सानै उमेरमा भिडियो निर्देशनमा उत्रिएका उत्साहा राईले यस अघिपनि विभिन्न म्युजिक भिडियोमा काम गरिसकेका छन् । साईनो कलाकेन्द्रको अफिसियल युट्यब च्यानल मार्फत खोटाङबाट रिलिज गरिएको भिडियोको छाँयाकन तथा सम्पादन पत्रकार भिम राईले गरेका हुन् ।

नेपाली सिनेमा चँगाचैटमा समावेश भएको गितको आधिकारिक भिडियो ओएसआर डिजिटल युट्युब च्यानलबाट आएको हो ।

भिडियो हेर्न तलको लिंकमा जानुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here