राई प्रतीक चाम्लिङ बुत्तेपाछाकाे त्याे विगत

सम्झनामा : कक्षा- ९ देखीकाे खोटांग स्कुल

सबै साथीहरु खोटांग स्कुल पढ्न गएकोले मलाई ओख्रे स्कुल पढ्न मन लागेन | आपालाई ९ क्लासदेखी म खोटांग नै पढ्छु भनेर धेरै चोटी विन्ती चढाए पछि खोटांग जाने आदेश त दिनु भो तर इमानसिंह सरले स्थानान्तर प्रमाणपत्र नदिने भन्नु भो |

म खोटांग नै जाने अड्डी कसे पछि म गाउकै साथीहरुसंग एउटै डेरामा बस्ने सल्लाह भयो | त्यसपछि आपासंग खोटांग हाई स्कुलमा एडमिसन गर्नु गयौं, तर स्थानान्तर प्रमाणपत्र बिना एडमिसन गर्नु नमिल्ने हेडमास्टर माणिकलाल सरले बताए पछि आपाले डेराको कोठामा ल्याएर सास पाद बन्द हुने गरी कराउनु भो | तर म जबर्जस्ती स्कुल जान थाले |

पछी इमानसिंह सरले स्थानान्तर प्रमाणपत्र हुलाकबाट माणिकलाल सरलाई नै पठाई दिनु भयो र मेरो एडमिसन भयो | हेड सरले कक्षामा मलाई liliputain भनेर बोलाउनु हुन्थ्यो 😝😝


विकासको पहुँचदेखी टाढा खोटांगमा त्यस्तो कुनै बिकास थिएन | पत्रपत्रिकाको हकमा गोरखापत्र महिनौ दिन लाएर आइपुग्थ्यो |

एक दिन स्कुल नजिकै घर भएको एक जना धनी मान्छे गोप्पे भन्नेले धान कुट्ने मिल राख्यो | मिल पुंक ..पुंक .. पुंक गरेर कराउथ्यो | त्यो मिल हाम्रो लागी कत्रो रमिता भाको थियो | त्यो मिल कराउनु थाल्यो कि हातमा चप्पल बोकेर हेर्नु कुद्थ्यौ |
एक दिन थुप्रै हामी स्कुलेहरु स्कुल छुट्टी भए पछि आएर वरिपरी झुमिएर मिल चलेको हेरिराखेको थियौँ | एक्कासी गोप्पे आएर खेदायो, भागरे भाग हुँदा म गोप्पे कै मतानको मुनिबाट लुक्नु पसेको त गोप्पे कै छोरी पो स्कुल देखि आएर लुगा फेर्दै रैछ … राम ..राम 🙈🙈🙈🙈

छोरी ए …. बा ..! भन्दै कहालिन्दै कुना तिर घुस्रीनु थाली | म आतिन्दै निस्केर उकालै भागें
गोप्पे पछि पछि खेद्दै आयो |मेरो हाती छाप चप्पल त्यहि छाडेर जोडले कुदेर डेरा पुगेँ |
भोलीपल्ट स्कुलसम्म यो हल्ला फैलियो | त्यो दिन देखी गोप्पेको मिल हेर्नु जानु छोडें | क्लासमा पढाई भैरहंदा गेप्पेको मिल पुंक ….पुंक … कराएको सुनिन्थ्यो | मन पढाईमा भन्दा त्यो मिलको फितासँग फनफन घुमिरहन्थ्यो |


डेराको बसाई | कसैको डर नहुने | एक दिन डेरा मालिक भवेकोमा धानको दाइँ भयो | दिनभरी परलमै खेलियो र राती नि परालमै सुतियो | एक हप्ता पछि त लुतोले काप काप जति सबै ठाउँ हैकम जमायो |

क्लासमा चिलाएको लुतो कन्याउनै नपाउने | अरुको सामु हातै लगाउन नहुने ठाउमा यस्तो ….. चिलाउने कि ऐले भुतभुते खन्याउनु मन लाग्ने 😀😀😀 अती भए पछी टोइलेट जाने निहुले ख्वार कि ख्वार पारेर रगतै हुने गरी कन्याएर आउथें | आहा ..! त्यो लुतो चिलाएको ठाउमा कन्याउदा कस्तो आनन्द आउने !
एक दिन म्याथ टिचर नरनाथ सरले पढाउदै हुनुहुन्थ्यो | मलाई उखर्मौलो भएर चिलाएर आयो | क्लासमै जथाभावी हात लाएर कनाउनै नमिल्ने | बेञ्चबाट उठेर म टोइलेट जान्छु सर मात्र भए थे , सरले त लुतो कन्याउन जान लागिस् ? यही कना पो भन्नु भो लाजले भुतुक्कै भएँ 🙈🙈 सरको घर र हाम्रो डेरा नकिक हुनाले मलाई लुतो आको सरलाई थाहा थिएछ |

वेलफेरमा भूपू आर्मीको छोराछोरीले दबाई फ्रीमा पाईन्थ्यो | मैले पनि आपाको पल्टन नम्बर लेखेर लुतोको दबाई लगें | डेरा पुगेर सल्लाह अनुसार दबाई सबै ठाउँ दलें ..
अम्मामामामा … लुतो चह्राएर उखपातै भयो | विस्तारै थाम समाएर उठें तर पाईला सार्नु भएन | जाँघ नै काटिएर जस्तो भो 😢😢 सबै फाताकफुतुक गलेर झरे जस्तै पीडा भयो | कट्टु लायो कि घाउ पाछिएर चल्नै नहुने | दुईदिन सम्म कट्टु नलगाई कोठामै बसियो 😂😂 त्यो सेतो दहीं जस्तो लुतोको दबाईले लुतो च्वट्टै बनायो र अहिले सम्म लुतोलाई मेरो जीवनदेखी पत्तासाप बनाईदियो |


त्यो बेला संचारको माध्यम भनेको हुलाक थियो | कहिलेकाँही छ महिना वर्षदिन पछि चिठीपत्र हाता लाग्थ्यो भने कुनै बेला चाडै भेटिन्थ्यो | तल्लो घर कान्छा दाजुले धरानदेखी इन्डियन हिरोनीको फोटो भाको नयाँवर्षको पोस्टकार्ड पठाउनु भाको रच .. आम्मामामा ! त्यो बेला सम्म कसैको त्यस्तो राम्रो नआएको रे हुलाकीले भनेको | आँ ….म पो हिरो भएर मख्ख के 😁😁😁 केटाहरुले हाताहात पास गर्दै हेरेर मेरो हातसम्म आइपुग्दा पोस्टकार्ड कुचिसकेको थियो | क्लासमा तहल्कै मच्चाएको थियो यो हिरोनीको फोटो भएको पोस्टकार्डले तर के नामको हिरोनी हो कसैलाई थाहा भएन |

एक पटक क्लासकै केटी साथी साथी बिच ठुलो झगडा भयो | एक जनाको लाउरे बैफ़्रेण्डले पठाएको चिठ्ठी अर्कीले चाई खोलेर हेर्दिएछ | कोठामा यस्तो भुत्लाभूत्ली भो कि छुट्ट्याउनै हम्मे हम्मे परेको थियो | जामा एकातिर सर्ट अर्को तिर | फर्स्ट टाईम त्यै बेला हो छोरीमान्छे नाङ्गे भुतुङ्गे देखेको मैले 🙈

बर्ष भरीमा ५ ओटा चिठ्ठी मैले नि पाको हुँ | मेरो चिठ्ठी पनि त्यसरी नै कति हेरिएछ भन्ने कुरा पछि बाहुनी साथीसंग म्यासेन्जरमा कुरा भए पछि था लाग्यो | उनको भनाई अनुसार मैले पाउनु पर्ने चिठ्ठी १४ ओटा जति हुनु पर्ने थियो रे |

समयको बहावसँगै बगेर कहाँ कहाँ पुगियो तर त्यो विगतहरु अमेट छाप भएर दिमाग वरिपरी घुमिरहने रैछ | यसरी सम्झिन्दै ल्याउदा फेरी ८ कक्षादेखी पढ्नु मन लागेर आयो । 😁😁😁 प्रतीक राई चाम्लिङ बुत्तेपाछाकाे फेसबुक पेजबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here