म पनि यहिशहरमा छु

  • शुभ मुकारुङ – भाेजपुर ( हाल : काठमाडाैँ )

म पनि यहि शहरमा छु,
हजुरजस्तै हुने रहरमा छु ।

आउनु भाहो खाली खुट्टा
सुनकै जुत्ता लाउनु भयो ।
हजुर यस्तो हुनलाइ –
कस्को आशिष पाउनु भयो?
म पनि यहि शहरमा छु ।

झुपडिको गीत गाउदै-
दरवार भित्र पस्नु भयो ।
बाहिर फिर्ने बाटो भुली
सिङ्हासन मै बस्नु भयो !
म पनि यहि शहरमा छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here