सहिद मनाेज जाेशीकाे २९ अाैँ स्मृति सभा सम्पन्न

एबिसि खबर

साउन,१५ खाेटाङ । मनाेज स्मृति प्रतिष्ठान खाेटाङले २९ अाै मनाेज झपेन्द्र स्मृति सभा सम्पन्न गरेकाे छ। २०४८ सालमा भएकाे कर्मचारी अान्दाेलनकाे क्रममा सहिद हुनु भएकाे मनाेज जाेशि र झपेन्द्र कार्कीकाे स्मृतिमा सभा सम्पन्न गरिएकाे हाे।

सहिद मनाेज जाेशीकाे प्रतिमामा माल्यार्पण गरेर शुरु भएकाे कार्यक्रममा खाेटाङ ख प्रदेश सभा सदस्य रामकुमार राईले शहिदहरुकाे सपना साकार पार्न सबैले ईमान्दारीताका साथ काम गर्नु पर्ने बताउनु भएकाे छ। २०४८ सालकाे कर्मचारी अान्दाेलन सिंगाे कर्मचारीकाे अधिकारका लागिमात्र नभई क्रान्ति र परिवर्तन पक्षमा भएकाे उहाँकाे भनाई रहेकाे थियाे। सहिद हुनुभनेकाे सगरमाथा जस्तै अाेजिलाे मृत्यु वरण गर्नु हाे भन्दै उहाँले सहिदहरुकाे अपमना गर्न नुहुने बताउनु भयाे। मुलुकमा संघीय गणतन्त्र स्थापनार्थ भएका अान्दाेलनहरुकाे स्मरण गर्दै अब भ्रष्टाचारकाे अन्त्य हुनुपर्ने धारणा राख्नु भएकाे छ। अहिले जिल्लािभत्र भ्रष्टाचारकाे विगिवगी बढेकाे र याे काममा पहिलाे हात कर्मचारीकाे रहेकाे भन्दै उहाँले प्रमुख जिल्ला अधिकारीले कर्मचारीलाई कडाई गर्न र अ्ख्तियारकाे अंगपनि भएका कारण कर्मचारीहरुलाई सच्चिनपनि अाग्रह गर्नु भएकाे छ।

कार्यक्रममा दिक्तेल रुपाकाेट मझुवा नगरपािलकाका प्रमुख दिप नारायण रिजालले श्रद्धाञ्जली मनत्वय राख्दै मनाेजमार्ग सम्पन्न हुन लागेकाे र अागामी वर्ष मनाेज मार्ग प्रवेशद्वार निर्माण गरिने जानकारी दिनु भयाे। यस्तै सम्पुर्ण कर्मचारीहरुकाे तर्फबाट बाेल्दै प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पाैडेल शहिदहरु प्रति सम्मान रहेकाे बताउनु भयाे। यस्तै सम्पुर्ण राजनीतिक दलकाे तर्फबाट नेपाली कांग्रेसका डिल्लिकुमारी अाचार्यले बाेल्नु भएकाे थियाे।

नगद रु पाँच हजार सहिद सम्मान पत्र सहित श्याम सैँजुलाई मनाेज पुरस्कार प्रदान गरिएकाे कार्यक्रमकाे संचालन प्रतिष्ठानका सचिव नुरकाजी सैँजु र सभापतित्व प्रतिष्ठानका अध्यक्ष कुमार अाचार्यले गर्नु भएकाे थियाे। कार्यक्रमकाे स्वागत मनत्व्य तथा विषयकाे प्रवेश कर्मचारीहरुकाे अाधिकारिक ट्रेड युनियन अध्यक्ष ध्रुव कार्किले गर्नु भएकाे थियाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here