गीता र सारिकाको तीजगीत बजारमा

संचारकर्मी गीता अधिकारी र नायीका सारिका घिमिरे

एविसि खबर

काठमाडौं, १३ साउन । नेपाली महिला हरुको महानपर्व तीज नजिकिदै जाँदा संचारकर्मी गीता र नायीका सारीकाले तीजगित बजारमा आएको छ । तीजको रौनकता धमाधम बढीरहेको बेला संचारकर्मी गीता अधिकारी र नायीका सारिका घिमिरेको पछिल्लो गित बजारमा आएको हो ।
गएको तीन वर्षदेखि लगातार तीजका गीत स्रोता तथा दर्शकमाझ गित पस्किदै आएकी सञ्चारकर्मी गीता अधिकारीको शब्दमा रहेको ‘बजाउँदै चुरा’ नायीका सारिका घिमिरेको स्वरमा सार्वजनिक गरिएको छ । योगेश काजीको सङ्गीत तथा एरेञ्ज रहेको गित स्टुडियो डीबी एचडीमा रेकर्डीङ्ग गरिएको छ । एचवीएन किस्मतको मिक्सिङ तथा माष्टिरिङ रहेको गीतको सार्वजनिक लिरिकल भिडियोलाई विक्रम आदित्य शाहले सम्पादन गरेका छन् ।
गीता र सारिकाले यसभन्दा अघि ‘यतै घमाइलो उतै घमाइलो‘ सन्देश मुलक तीज गीत लिएर आएका थिए भने गत वर्ष ‘तीजैमा ब्रत बसी‘’ लिएर आएका थिए । कोरोना भाइरसको सङ्क्रमणका कारण गीतको भिडियो छायाँकन गर्न असमर्थ भएका कारण लिरिकल भिडियो सार्वजनिक गरेको गायीका सारिका घिमिरेले जानकारी दिएकी छन् ।

गीत सुन्न तल जानुहोस …

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here