उपमेयरकाे सहयाेगमा चिनामायालाई उपचारमा पठाईयाे

हलेसी, १३ साउन। रुखबाट लडेकाे निउबाट बिरामी भएकी हलेसी तुवाचुङ नगर पालिका २ डिकुवाकी १९ वर्षिय युवतीलाई काठमाडाैँ पठाईएकाे छ। रुखबाट लडेर एकबर्ष अगाडिबाट बिरामी भएकाे चिनिमाया खत्रीलाई हलेसी तुवाचुङ नगरपालिकाकाे उपमेयर राईकाे सहयाेगमा काठमाडाै पठाईएकाे हाे।
नगरपालिकाकाे काममा डिकुवा अाेप्लाङ पुग्नुभएकाे उपमेयर राईले गाडीभाडा सहित अन्य उपचारकाे व्यवस्था गरेर काठमाडाै पठाएकाे जानकारी दिनु भएकाे छ। काठमाडाै स्थित टिचिङ अस्पतालमा उपचारकाे व्यवस्था गर्ने गरी पठाईएकाे उहाँले बताउनु भयाे ।
चिनिमायालाई पठाईसकेपछि उपमेयर राईले सामाजिक सञ्जाल मार्फत स्वास्थ्य लाभकाे कामना सहित “चिनामाया बहिनि छिटो सन्चो भएर घर आउनु ।” भन्नू हुँदै “मलाई चिकित्सा बिज्ञान संग बिश्वास र भरोसा छ। तिम्रो रोग निको हुनेछ।” लेख्नु भएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here