हलेसी तुवाचुङ नगरपालिकामा खाद्यान्न प्रदान

हलेसी तुवाचुङ नगरपालिका

एविसि खबर


साउन ११, हलेसी । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका ६५ घर परिवारलाई राङज्यूङ येशे शेनफेन नामक सामाजिक संस्थालले खाद्यान्न प्रदान गरेको छ । सेतो गुम्बा बौद्ध काठमाण्डौं अन्तरगतको सामाजिक संस्था राङज्यूङ येशे शेनफेनले नगरपालिको वडा नम्बर–२ डिकुवाका ४३ घर परिवार र नगरपालिका–३ च्यास्मीटारका २२ घर परिवारलाई ३०÷३० केजीका दरले चामल प्रदान गरेको हो ।
राङज्यूङ येशे शेनफेनले विपन्न परिवारलाई लक्ष्यीत गर्दै खाद्यान्न सहयोग गर्न हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईको समन्वय र आग्रहम गरेकी थिईन । शनिबार डिकुवाको वफ्लाङ र च्यास्मीटारमा कार्यक्रम गरी उक्त संस्थाले उपमेर राईकै हातबाट विपन्न स्थानीयलाई चामल हस्तान्तरण गरेको जनाएको छ ।
च्यास्मीटारमा एकल महिला, एकल पुरुष, विपन्न दलित परिवारलाई प्राथमिकतामा राखेर चामल वितरण गरिएको उपमेयर राईले जानकारी दिएकी छन । यहि संस्थाले केही समयअघि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित महेन्द्रोदय माविमा अध्ययनरत विद्यार्थीका ८८ परिवारलाई चामल, दाल, नुन, तेल र मस्यौरा प्रदान गरेको संस्थाले उपमेयर राईको आग्रहमा थप ६५ घर परिवारलाई खाद्यान्न उपलव्ध गराएको थियो ।
महेन्द्रोदय माविका कक्षा १ देखी कक्षा ६ सम्म अध्ययनरत विधार्थीलाई २०७५ सालदेखी बेला–बेलामा निःशुल्क स्टेशनरी र नियमित टिफिन (खाजा) समेत खुवाउदै आएको सो संस्थाले लकडाउनकाबेला तिनै विद्यार्थीका अभिभावकलाई गत असार १२ गते खाद्य सामग्री प्रदान गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here