अलिकती बाल्यकालको रमाईला कुरा

prayash dumee

– प्रयास दुमी

यो स्कुल (श्री जनचेतना प्राथमिक विद्यालय) जहाँ मेरो जीवनको पहिलो शिक्षा आरम्भ भएको थियो ।
पढेर डक्टर, इन्जिनियर, पाइलट बन्नु मात्र पढाईको अर्थ हुँदैन, (मेरो बुझाईमा) र मैले पढेर उत्ति प्रगति गर्न पनि सकिनँ ।
तर मैले देखेको सपना छन जसले मेरो गाउँ र समाजलाई श्रिङ्गार्न सकोस । देशको लागी केहि नसकुँला म मेरो गाउँको लागि त जीवन दिन सकुँ भन्ने लाग्दछ । यो स्कुल (श्री जनचेतना प्राथमिक विद्यालय) जहाँ मेरो जीवनको पहिलो शिक्षा आरम्भ भएको थियो ।
बिथ्थैमा भावुक तर्फ नजाम ! यता रमाइलो सुरु गर्छु ।
यो स्कुलमा पढ्ने बखत कक्षा तिनमा हामी ७÷८ जना भन्दा बढी बिद्यार्थी थिएनौं । खाजामा आलु, मकै र सिजन अनुसारको फलफुल लगिन्थ्यो । आलु लगेको बेला झोलामाथिबाट मुड्किले दिएर कुच्याई दिने दिदिहरु यतै गाउँमा हुनुहुन्छ । कोहि बिहे गरेर जानुभयो ।
निरोज राई (फेसबुकमा ग्लष्त्रगभ म्गmभभ च्बष् )ले हरेक आइतबार रम्बा चाउचाउ लिएर आउँथ्यो हामी बाडेर खान्थिम । एउटा साथि मलेसियामा पुगेकोछ उस्को हावा गफ जत्ती कसैले गफ दिनै सक्थेन त्यसबखत । ऊ गुलेली चलाउनमा च्याम्पियन थियो । एकदिन चरा पक्लक्कै पारेर अन्जना मिसले सिर्कुना लगाएको आँखैमा छ मेरो ।
प्रतिमा राई ( हाल फेसबुकमा मयलष् चबष्) साह्रै छुच्ची उसको पिटाई अझै मेरो गालाले थाहा पाउँदछ ।
चोर पुलिस खेल खेल्दा कोदोको बोट बाँधेर धेरै बल्ढ्याङ खाईयो र दिईयो । टोपी लुकाई खेलमा लुकाइएको टोपि गायब पनि हुन्थ्यो कहिले कसो ।
ढुङ्गाको खात लगाएर खेलिने खेलमा जित्दा जित्नेले नारा लगाईन्थ्यो ‘हारुवा गु छेरुवा ! ’
फेरि हार्नेहरुको नारा ( जितुवा गु घिचुवा ! ’

खैर…


यो छानोमाथी देखिने छ वटा सोलार जहाँ गाउँभरीको ब्याट्री चार्ज हुन्थ्यो र बेलुकी घर लगेर बत्ती बालिन्थ्यो । आजकाल बिजुली आएर यो बेकाम जस्तै बनेको छ ।
थुप्रै छन यादमा कुनैदिन कतै लेखौला ।

युवा आख्यानकार प्रयास दुमीको फेसबुक वालबाट साभार ः सम्पादक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here