सातवर्ष पछि सार्वजनिक ‘रुँदा रुँदै हाँसेको मान्छे’

एविसि खबर
साउन, ३ खोटाङ । २०७२ सालमा रेडियो नेपालद्वारा आयोजित खुल्ला आधुनिक गीत प्रतियोगितामा दोस्रो भएको गोपाल चन्द्र राईको गीत सातवर्षपछि सार्वजनिक भएको छ । २०७२ सालमा खोटाङ जिल्लाका युवा गायक सागर संसार राईले गाएको गित ‘रुँदा रुँदै हाँसेको मान्छे’ युट्यब मार्फत सार्वजनिक गरिएको हो ।
गोपालचन्द्र राईको शब्द रचना, विक्रम राईको संगीत र सागर संसार राईको स्वरमा रहेको ‘रुँदा रुँदै हाँसेको मान्छे’ बोलको गीतको म्यूजिक भिडियो युट्युब च्यानलमा अपलोड भएको २४ घण्टा नपुग्दै एक लाख बढीले रुचाईसकेका छन् ।
कलाकार लक्ष्मी बर्देवा र जीवन भट्टराईलगायतका कलाकारहरुले गीतमा मोडलिङ गरेका छन् । बर्देवा र भट्टराईको संयुक्त निर्देशनमा म्युजिक भिडियो बनेको हो । गीतको मास्टरिङ राजु कार्कीले गरेका हुन् ।

भिडियो हेर्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here