दुई हजार ३ सय ८८ घरधुरीमा जस्तापाता


एविसि खबर


साउन ३, खोटाङ । यस वर्ष खोटाङका दुई हजार ३ सय ८८ घरधुरीमा जस्तापाता लगाइने भएको छ । नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत शहरी विकास मन्त्रालयको लगानीमा खोटाङका दुई हजार ३ सय८८ वटा घरमा लगाइएको खर वा फुसको छाना विस्थापित गरेर जस्तापाताको छाना लगाइने भएको हो ।
शहरी विकास मन्त्रालयले जारी गरेको सूचनाअनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ३४८, हलेसी तुवाचुङ नगरपालिकाका ३४३, ऐंसेलुखर्क गाउँपालिकाका २३१, रावाबेँसी गाउँपालिकाका २०६, जन्तेढुङ्गा गाउँपालिकाका २२०, खोटेहाङ गाउँपालिकाका २८०, केपिलासगढी गाउँपालिकाका २११, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका २०३, बराहपोखरी गाउँपालिकाका १९६ र साकेला गाउँपालिकाका १५० घरधुरीमा जस्तापाता लगाइने भएको छ ।
जिल्लामा गत वर्षदेखि लागू भएको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत गत वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २५ घरका लागि जस्तापाता खरिदका लागि रकम उपलब्ध गराइएको थियो । पन्ध्र वडा रहेको सो नगरपालिकामा नगरपालिकाको तर्फबाट २० घर थप गरेर ४५ घर गरिब परिवारलाई जस्तापाताको छाना हाल्नका लागि रकम प्रदान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here