बाह बर्षे भद्रकाली खड्गसिद्धी जात्रा सुरु
१६ कार्तिक, काठमाडौ
श्री भद्रकाली बाह्रबर्षे खडगसिद्धी जात्रा आइतवरवाट सुरु भएको छ । दशैको टिकाको दिन हनुमान ढोकाबाट ल्याइएको मल्लकालीन खडकसँग भद्रकालीले खडगसिद्धी गरी यो नाच सुरु गरिएको हो । शुक्रबार र शनिबार नाचको पहिलो कार्यक्रम अन्र्तगत भद्रकाली लगायत अष्टमातृका गणको नृत्य सुरु भएको हो
कान्तिपुर नगरलाई घेरेर बसेका आठ मातृकाहरु मध्येको एक भद्रकालीको बाह्र बर्षमा एक पटक नाच हुने गर्दछ । नाचको पहिलो दिन भैरवबाट नाच सूरु गरिन्छ ।
नाच सम्पन्न भएप्िछ बली पुजा गरी पहिलो दिनको जात्रा सम्पन्न गरिन्छ । दोस्रो दिन गणेशबाट नाच सूरु भइ क्रमैसँग ब्रम्हायणी, रुद्रयाणी, कुमारी, बैश्णवी, बाराही, धुम्बा, सिम्बाको नाच हुन्छ ।
नाच पश्च्यात बली पुजा गरिन्छ । पुजा पश्चात सबै देवगण र खलकका गुरु नायकहरुलाइ प्रसाद दिइन्छ । त्यस पछि अजिमाले दैत्यबध गरी नृत्य गरेपछि बिधिवत रुपमा जु्न स्थानमा नाच भएको हो त्यँहाको नाच सम्पन्न हुन्छ ।
देशमा सुखशान्ति कायम होस र देश र जनताको रक्षा गर्न राष्ट्र प्रमुखबाट खडग बिनिमय गरी खडगसिद्धि गरि यो नाच विभिन्न स्थानमा नौ महिना सम्म नचाइ असार भलभल अष्टमीको दिन अन्त्य गरिन्छ । ०००