राजाको काम कहिले जाला घाम !

ऐसेलुखर्क, होप्चु, देशारे, ज्यामिरे ग्रामिण कृषि सडक

garmin sadak aeselukharka

एविसि खबर
खोटाङको ऐसेलुखर्क होप्चु देशारे ज्यामिरे रावाखोला मुख्यमन्त्रि ग्रामिण कृषि सडक आयोजनाको काम सन्तोष जनक नभएको जन गुनासो आएको छ । प्रदेश सरकारको ८७ लाख रुपैयाँ अनुदानबाट सडक स्तरोन्नतीको काम निर्माण व्यवसायीकाे हेलचेक्राईले राम्रो नभएको स्थानीयले गुनासो गरेका छन् ।
शिव निर्माण सेवा धनुषाले कामको ठेक्का लिएर काम अगाडि बढाईरहेको भएपनि झारा टार्नेमात्र काम भईरहेको नेकपा जिल्ला सदस्य तथा स्थानीय यूवा नेता गिरेन राईले जानकारी दिए । आलटाले प्रवित्तिले ‘राजाको काम कहिले जालाघाम ?’ भनेजस्तै गरेर काम भईरहेको राईको भनाई रहेको छ । उनले ८७ लाखको काम लिएर सडकको छेउ कुनामात्र पुरेकाले गलत भएको बताए । माटोमात्र खोर्सेर ढाँटको काम गरेको उनको आरोप छ । उनले भने, ‘मूख्यमन्त्रि कृषि सडकको स्तर उन्नतीका लागि आएको बजेट ठेकेदारको लार्पावाहीले गर्दा स्थानीयलाई साह्रै मार्का पर्ने भो ।’ ‘सडक स्तरोन्नती भन्ने अनि बाटामा निस्किएको ढुँगालाई छुँदै नछुने भने कसरी सडकको स्तरोन्नती हुन्छ ?’ उनले प्रश्न गरे । बाटो चौडा बनाउने, माटो सोर्ने, भन्दा केहीपनि काम नभएको उनको भनाई रहेको छ । बाटोको चौडाई बढाउँदा समेत ८ मिटर बनाउनु पर्नेमा ६/७ मिटर भन्दा ठुलो नबनाएको उनले बताए ।
खोटाङ जिल्ला निर्वाचन क्षेत्र १ का प्रदेशसभाका सांसद राजन राईले यस विषयमा सदनमै चर्चा गरेपका थिए । उनले प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै सरकारको सिर्जनशिलतामाथी शंका गरेका थिए । उनले भ्रष्टाचारलाई शुन्य सहनशिलता अपनाउने बताएको भएपनि त्यस्तो नदेखिएको भन्दै सरकारको ध्यान नपुगेको गुनासो गरेका थिए । उनले निर्माण व्यवसायीलाई काम जिम्मा दिने निकाय र काम गर्न ठेक्का लिने निर्माण व्यवसायीबीचको सम्झौता हुँदा तोकिएको भन्दा निकै कममा सम्झौता (लगभग ५२ प्रतिशत विलोमा) भएकाले ठेकेदार कम्पनीले ठगठाग गरेको आशंका व्यक्त गरेका छन् ।
उसो त सडक डिभिजन कार्यालय उदयपुर गाईघाटले भने निर्माण व्यवसायीले ठेक्का घटाघटमा लिएको र सम्झौतामा ८७ लाख बराबरकै काम सम्पन्न गर्ने भनिएकाले कामको परिणाम हेर्नुपर्ने बताएको छ । विभागले निर्माण व्यवसायीले जिम्मा लिएको काम जसरी पनि सम्पन्न हुनुपर्ने बताएका छन् । सडक डिभिजन कार्यालय गाईघाट योजना अधिकृत मानवहादुर वनले भने, ‘काम बेलामा हुन नसकेपछि जति काम गरेका छन् त्यसैको मुल्यांकनको आधारमा भुक्तानी दिईन्छ ।’ उनले बाँकी काम आगामी वर्ष लाग्ने टेण्डरबाट गरिनेपनि जानकारी दिएका छन् ।
उता आयोजना निर्माणको जिम्मा लिएको शिव निर्माण सेवाका प्रतिनिधी अशोक यादवले विस्वमा फैलिएको कोरोनाको संक्रमण र लक डाउनका कारण बेलामा काम गर्न नसकेको बताए । उनले केही दिनमै काम सकिने गरी अगाडि बढेको बताएका छन् । जनस्तरबाट उठेको गुनासोको बारेमा उनले भने, ‘हामीलाई रक कटिङ भनेर सम्झौतामा दिइएको छैन । त्यसैले हामी माटो फिलिङको कामहरु मात्र गरिरहेछौँ ।’ स्थानीय नागरिकहरुको व्यापक जन गुनासो आएको बारेमा उनले पहिले आफ्नो काम सक्ने त्यसपछि कम्पनीकै खर्चले भएपनि ढुँगा कटानको काम गर्ने बताएका छन् ।
निर्माण कम्पनीले योजना स्थलमा राखेका अर्का प्रतिनिधी प्रकाश पौडेलले भने आफुलाई केही थाहा नभएको बताए । उनको अनुसार ठेक्का कति लाख भन्ने समेत आफुलाई थाहा नभएको भन्दै पन्छिन खोजेका छन् । उनले ८ मिटर चौडाई हुनुपर्ने बाटो प्राय सबै ठाउँमा पुगेपनि केही स्थानमा ६/७ मिटर भन्दा ठुलो बनाउन नसकेको भने स्विाकारेका छन् ।

ऐसेलुखर्क गाउँपालिकाले पनि अनुगमनका क्रमा अावश्य सुझाव प्रदान दिएकाे जनाएकाेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here