दिप्लुङमा विद्युत विस्तार

एविसि खबर
असार २६, खोटाङ । खोटाङको जन्तेढुङ्गा गाउँपालिका वडा नं ६ दिप्ुलुङमा विद्युत विस्तार गरिएको छ । नेपाल सरकारको ६८ लाख र गाउँपालिकाको १५ लाख रुपैयाँको लागतमा विद्युत विस्तार गरिएको हो ।
अहिलेसम्म बिजुलीको उज्यालो नपुगेको दिप्ुलङमा केन्द्रिय विद्युत प्रशारणलाईनको बिजुली पुगेपछि स्थानीयवासी हर्षित भएका छन् । गाउँपालिका अध्यक्ष शंकर राईले उद्घाटन गरेको विद्युत बलेपछि वर्षौँ देखि सोलार र टुकी बाल्दै आएको घरमा झिलिमिली भएको छ ।
हाल दिप्लुङको सिंगापुरे चौक, अल्लेगैरा, खानीगैरा, चापखोरा, नागी, दिप्लुङ्ग लगायतका गाउँका दुई सय घरमा विद्युत बालिएको गाउँपालिकाले जनाएको छ । जन्तेढुंगा गाउँपालिकामा पहिलोपल्ट २०७६ साल बैसाख १४ गते केन्द्रीय प्रशारणलाईन अन्तरगतको विद्युत पुगेको थियो ।
६ वडा रहेको गाउँपालिकाका अन्य वडामा पनि क्रमशः विद्युत बिस्तारको काम भइरहेको गाउँपालिका प्रमुख राईले बताए । काहुलेमा पनि विद्युत विस्तारको काम भइरहेको छ । काहुलेपछि क्रमशः बोपुङ, डम्बर्खुशिवालय र देबिस्थानमा विद्युत विस्तार गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here