खोटाङमा नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघ बन्यो

एविसि खबर
असार २६, खोटाङ । नेपाली कांग्रेस निकट बुद्धीजिविहरुको एक भेलाले खोटाङ जिल्लामा नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघ खोटाङको तदर्थ समिति गठन गरेको छ । दिक्तेल स्थित नेपाली कांग्रेसको पार्टी कार्यालय विपि स्मृति भवनमा बिहिबार अनिल आचार्य संयोजकत्वमा १७ सदस्यीय तदर्थ समिति गठन भएको हो ।
महासंघको उप–संयोजकमा एलिना राई, सचिवमा दिपेन्द्र राई र कोषाध्यक्षमा मुना चौलागाँईलाई रहेका छन् । यस्तै, सल्लाहकारमा वरिष्ठ पत्रकार कृष्ण आचार्यको संयोजकत्वमा कानुन व्यवसायी नारायणदास राई, बुद्धिजीवि पवन कुमार थापा र पत्रकार उत्तम चौलागाँई रहेका छन् ।
नेपाली कांग्रेस पार्टीभित्र शुभेच्छा राख्ने बौद्धिक वर्ग, बैंक, वित्तिय, सहकारी, उधोग, लगानीकर्ता, पूर्व प्रशासक, समाजसेवी सम्मेलित बौद्धिक वर्गहरुको संगठन नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघले पार्टीभित्र रहेका अन्तरकलहलाई न्यूनिकरण गर्न, पार्टी र जनप्रतिनिधि तथा विभिन्न भातृ संगठनहरुलाई सम्पर्कको माध्यमबाट एकता गराउन मद्दत गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here