खस वर्गको अधिनायकवाद सोचको अन्त्य आवश्यक : डा. भट्टराई

१५ कार्तिक, काठमाडौ
एमाओवादीवाट अलग भएका डाक्टर बाबुराम भट्टराईले इतिहासका विभिन्न कालखण्डमा भएका आन्दोलन र संघर्षलाई अहिलेको संविधा12196012_702331416571038_1781822414796661909_nनले सम्बोधन गर्न चुकेको दाबी गरेका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले दुईसय पचास भन्दा बढी शासन सत्तामा रहि शासनको बागडोर आफ्नो हातमा लिएका खस वर्गको अधिनायकवाद सोचको अन्त्य नभएसम्म देश विकासको गतिमा अघि बढ्न नसक्ने बताए ।

राजधानीमा आयोजित कार्यक्रममा उनले मधेशको आवश्यकता अनुरुप दुई प्रदेश बनाउनुपर्ने बताउदै जारी संविधान विश्वकै उत्कृष्ट संविधान भनेर प्रचारप्रसार गरेपनि विभिन्न वर्ग र समुदायलाई सम्बोधन गर्न नसकेको जिकिर गरे । त्यसैको परिणाम स्वरुप अहिलेको विषम अवस्था सिर्जना भएको उनको कथन थियो ।

भट्टराई12193754_1050165345017499_250329278938801043_nले देशलाई अब नयाँ सोच र सबैलाई समान अवसर दिई अघि बढाउने शक्तिको आवश्यक भएको बताउँदै त्यसमा आफू लागि परेको स्पष्ट पारे ।

Facebook Comments

Related posts

Leave a Comment