बुईपाको खिरिलाई लिचि पकेट क्षेत्र बनाईने

एविसि खबर
असार २४, खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १४ बुईपा खिरीलाई लिची पकेट क्षेत्रका रुपमा विकास गरिने भएको छ । खिरि स्थीत गितामाता फलफुल तथा कृषि फर्मले लिचिको बिरुवा बितरण गर्दै लिचि पकेट क्षेत्र बनाउने अभियान शुरु गरेको हो ।
उक्त फर्मलाई बिरूवा खरीद र सिचाइ पोखरी निर्माण गर्न दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले समन्वय गरेको हो । जसकालागी समन्वय र सहयोग दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १४ ले गरेकोछ । आज बुधबार खिरिका ४० घर परिवारलाई लिचिको विरुवा वितरण गरिएको छ ।
गितामाता कृषि फर्मका अध्यक्ष अभिषेक घिमिरेले विरुवा बितरण गर्दै यो बर्ष बिरुवा रोपेर संरक्षण गर्नेलाई अर्को बर्ष थप बिरुवा उपलब्ध गराउने प्रतिबद्धता समेत गरिएको ओम प्रकाश घिमिरेले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here