नेकपा स्थायी कमिटी बैठक फेरी सारियो

सहमती खोज्ने सहमती जारी

एविसि खबर
असार २४, काठमाडौं । पार्टी विभाजनको संघारमा पुगेपछि सत्तारुढ राजनीतिक दलको नेकपा (नेकपा)को स्थायी कमिटिको बैठक फेरी सरेको छ । असार २४ गते आज बस्ने भनिएको नेकपाको बैठक आगामि २६ गतेलाई सारिएको नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड) का प्रेस सल्लाहाकार विष्णु सापकोटा (जुगल)ले जानकारी दिएका छन् ।
नेकपाभित्रको जारी विवाद नमिलेका कारण असार २६ गतेसम्मका लागि बैठक स्थगित भएको हो । पार्टीभित्रको विवाद मिलाउनका लागि नेकपाभित्र केही दिनयता अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डसहितका नेताहरुबीच घनिभूत छलफल हुँदै आएपनि सहमति हुन नसकेपछि आज बोलाईएको बैठकपनि रोकिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटिको बैठकमा आफ्नो आलोचना भईरहेको बेला भारतले आफू नेतृत्वको सरकार ढाल्न खोजेको अभिव्यक्ति दिएपछि नेकपा भित्र विवाद चर्किएको हो । विवाद चर्किँदै जाँदा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने विचार स्थायी समितिको बैठकमा बढेको थियो । पार्टी भित्र आन्तरिक दवावमा परेपनि ओलीले आफूले राजीनामा नदिने बताउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here