समाजवादीकी सरिता कारबाहीमा

एविसि खबर

असार २३, काठमाडौं । समाजवादी पार्टी नेपालको एक कार्यदलले सांसद तथा पार्टी नेतृ सरिता गिरीलाई कारबाही गर्न सिफारिस गरेको छ । नेपालको नया नक्शा सहितको निशाना पास गर्ने कुरामा संसदमा गिरीले शंसोधनको प्रस्ताव हालेर पुरानै कायम गर्न खोजेकी थिइन् ।
पछिल्लो समयमा नेपाल सरकारले नेपालको नया नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेको छ । यसरी आफ्नो भु–भाग रहेको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएर देशघाती काम गरेकी थिईन् । उनले सो नक्सामा नेपालको दाबी नपुग्ने भन्दै संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । उनलाई पार्टीले कारबाही गरेमा उनको सांसद पद समेत गुम्ने भएको छ ।
त्यसबेला पार्टीले उनलाई आफ्नो संशोधनको प्रस्ताव फिर्तालिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिएको थियो । संसदमा उनले पार्टीको ह्वीप तोडेर सो विधेयक फिर्ता नलिएपछि उनलाई कारबाही गर्नुपर्ने शिफारिस कार्यदलले दिएको हो । नक्सासम्बन्धी संविधान संशोधनको प्रस्ताव पारित हुने दिन उनी भने संसदमा अनुपस्थित भएकी थिइन् ।
गिरीको गतिविधिबारे छानबिन गर्न समाजवादी पार्टीले महासचिव रामसहायप्रसाद यादवको नेतत्वमा तीन सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलले उनलाई कारबाही गर्न सिफारिस गरेको स्रोतले बतायो । यसबारे पाटीको पदाधिकारी बैठकमा छलफल हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here