दोस्रो चरणको आन्दोलनको तयारीमा दलित समुदाय

एविसि खबर
असार २३, खोटाङ । जातिय विभेदको अन्त्य गर्न खोटाङ जिल्लाका दलित संघर्ष समितिले सञ्चारकर्मीहरुसँग भेटघाट तथा अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ । केही समय भएको रुकुम नरसंहार पछि संघर्षमा होमिएका दलित समुदायले दोस्रो चरणको आन्दोलनका कार्यक्रम अगाडि बढाउने भन्दै अन्तरक्रिया गरेको हो ।
दोस्रो चरणको आन्दोलनलाई कसरी व्यवस्थित र उपलब्धी मुलुक बनाउने भन्ने बारेमा छलफल भएको दलित संघर्ष समितिका संयोजक दिपक ठटालले जानकारी दिएका छन् । कार्यक्रममा पहिलो चरणको आन्दोलनको कार्यक्रममा संचार माध्यामको तर्फबाट पु¥याएको सहयोगको प्रशंसा गर्दै आगामी कार्यक्रमहरुमा सकेत सहयोग गरिदिन संयोजक ठटालले अनुरोध गरेका छन् ।
रुकुम नरसंहार पछि भएको आन्दोलनप्रति सरकार गम्भिर नभएको भन्दै दोस्रो चरणको आन्दोलन अगाडि बढाउन आफुहरु बाध्य भएको उनको भनाई रहेको थियो । दोस्रो चरणको आन्दोलनमा प्रचार प्रसार, सरोकारवालाहरुसँगको परामर्श र तेस्रो चरणको आन्दोलनको पूर्वतयारी गर्ने संघर्ष समितिका सदस्य मिलन चाहारले बताए । यस्तै मुक्ति आन्दोलनमा लामो समय संघर्षहरु गरिएपनि त्यसले खास उपलब्धी प्राप्त नभएको भन्दै अक एक पटक दलित मुक्ती आन्दोलनका लागि सबै एकजुट हुनुपने दलित अभियान्ता तथा नेतृ रश्मि रसायलीले बताएकी छन् । जातिय विभेदको जरासम्म पुगेर अव साँच्चै आफ्नो अधिकारको लागि आफै अगाडि बढ्नु पर्ने उनको भनाई रहेको थियो ।
अबको आन्दोलनमा जिल्लामा रहेको संचार माध्यामहरुको तर्फबाट सक्रिय सहयोग रहने अपेक्षा गरे अनुसार नै आन्दोलनमा ऐक्यवद्धता रहने कार्यत्रममा सहभागी पत्रकारहरुले जनाएका छन् । जातिय छुवाछुत विरुद्धको आन्दोलनमा संचारकर्मिहरुको भुमिकाू खोजिएको छलफल कार्यक्रममा जिल्लाबाट प्रकाशन तथा प्रशारण हुने संचारमाध्याममा जातिय विभेदको अन्त्य सम्बन्धि सामग्रीहरु प्रकाशण तथा प्रशारण गर्ने, जातिय विभेदका कारण समाज भईरहेका कृत्यहरुको विरुद्ध एकतवद्ध संघर्ष गर्नुपने जस्ता विषयहरु उठेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here