पत्रकार महासंघ अध्यक्षद्वारा आविष्कार केन्द्रलाई सहयाेग प्रदान

एबिसि खबर
असार १८ खाेटाङ। पत्रकार महासंघ खाेटाङ अध्यक्ष दमन राईले महावीर पुनकाे राष्ट्रिय आविष्कार केन्द्रलाई पाँच हजार ११ रुपैया सहयाेग प्रादान गरेका छन्। खोटाङको प्रतिष्ठित बाक्सिला फुटबल क्लवले प्रदान गरेकाे नगद पुरस्कार पाँच हजार ११ रुपैयाँ राशीको खेलकुद पत्रकारिता पुरस्कार बाट प्राप्त रकम उनले अाविष्कार केन्द्रलाई प्रदान गरेका हुन् ।
अाज बिहिबार ग्लाेवल अाईएअाईएमई बैक मार्फत अाविष्कार केन्द्रकाे नाममा जम्मा गरिएकाे राईले जानकारी दिए । उनले व्यक्तीगत समस्याका कारण पुरस्कार ग्रहण गर्न जान नसकेपनि आयोजकले पुरस्कार राशी बैँक मार्फत जम्मा गरिदिएकाे बाक्सिला फुटबल क्लबलाई धन्यवाद र अाभार समेत व्यक्त गरेका छन् ।
उनले भने, “मैले अभियान्ता/वैज्ञानिक महाबीर पुनको राष्ट्रिय आविष्कार केन्द्रमा जम्मा गरिदिन आग्रह गरेको थिएँ । तर, बाक्सिला फुटबल क्लवका अध्यक्ष शिवकुमार राईले २०७७ साल असार १६ गते पुरस्कार राशी मेरै खातामा जम्मा गरिदिनु भएछ । साे रकम आज राष्ट्रिय आविष्कार केन्द्रमा जम्मा गरिदिएको छु “।
उनले महाबीर पुनको यो महाअभियानमा यस्ता सानो सहयोग केही होईन, होस्टेमाहैंसे गर्ने मन मात्र भएकाे बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here