नेकपा एमाले केन्द्रीय सचिवमा खाेटाङकी अस्मिता

एविसि खबर
असार १७ खाेटाङ । भर्खरै निर्वाचन अायाेगमा दर्ताकाे निवेदन परेकाे भनिएकाे नेकपा एमालेमा खाेटाङकाे समेत प्रतिनिधित्व हेकाे छ । प्रस्तावित २१ जनाकाे निवेदनमा १ नम्वर प्रदेश सचिव अस्मिता सुनारकाे नाम उल्लेख छ ।

अस्मिता सुनारकाे ठेगाना राजापानी ३ खाेटाङ रहेकाे छ भने उनकाे उमेर २०४४ उल्लेख गरिएकाे छ। विराटनगर ६ बस्ने सन्ध्या तिवारी अध्यक्ष तथा जनकपुर (धनुषा-२)का मनिष कुमार उपाध्य महासचिव रहेकाे समितिले असार १२ गते अायाेगमा दल दर्ताकाे निवेदन दिएका अायाेग श्राेतले जनाएकाे छ।

नेकपा एमाले नामकाे दल दर्ताकाे निवेदन परेसँगै सत्तारुढ दल नेकपामा भने हलचल मच्चिएकाे छ। ३ बर्ष अगाडि तत्कालिन नेकपा माअाेवादी केन्द्र र नेकपा एमाले पार्टी एकता भई नेकपा बनिसकेपछि याे नाम खाली रहेकाे थियाे।

नामावली यसप्रकार छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here