खोटाङमा बुझाइयो ज्ञापन पत्र

अंगिकृत नागरिकता प्रदानगर्दा विभेद नगर्न जनता समाजवादीको माग

एविसि खबर
असार १६ खोटाङ । जनता समाजवादी पार्टी खोटाङले नागरिकता ऐन २०६३ लाई तोडमोड गरी संसदीय समितिबाट पाश गरिएको भन्दै खोटाङका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । जिल्ला सदरमुकाम दिक्तेलमा जनता समाजवादी खोटाङका नेता कार्यकर्ताहरुले मुल विषयलाई तोडमोड गरी नागरिकता संशोधन विधेयक ल्याईएको ठहर सहित प्रमुख जिलला अधिकारी शालिग्राम शर्मा पौडेललाई ज्ञापन पत्र बुझाएको हो ।
मुलुक कोभिड–१९ को चपेटामा परिरहेको बेला सरकारले प्रशस्त छलफलनै नगरी विधेयक ल्याएकोमा असन्तुष्टि व्यक्त गर्दै ज्ञापन पत्र बुझाईएको जनता समाजवादीका अध्यक्ष टंक बहादुर थापाले जानकारी दिए । उनले कोरोना संक्रमणको जोखिम भईरहेको बेला सरकारले कुबेलामा विधेयक ल्याएर अनावश्यक बखेडा गरेको बताएका छन् ।
मंगलबार बुझाईएको ज्ञापन पत्रमा नागरिकता ऐन २०६३ लाई संशोधन गर्न ल्याईएको विधेयक संविधानको मूल मर्म र भावना विपरित रहेको ठहर गर्दै अंगिकृत नागरिकता प्रदान गर्ने विषयमा विधेद नगर्न माग गरिएको छ । यस्तै गोर्खा सेनाको रुपमा कार्ययत नेपालीहरुको नागरिकताको निरन्तरता र तिनका सन्तानको नागरिकताको व्यवस्था गर्न माग राखिएको छ । नागरिकता प्रदान गर्दा तेस्रो लिङगीका हकमा स्वंय लिङग घोषणा गर्न दिन, कोभिड –१९को महामारीमा स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सामग्री खरिद गर्दा भएको व्यापक भ्रष्टाचार र अनियमितता गरेको लेखा समितिको ठहरको आधारमा स्वास्थ्य मन्त्रि तथा सम्बन्धित दोषी उपर कारबाही गर्दै जनताको स्वास्थ्यमा खेलबाड नगर्न माग गरेको छ । यसैगरी हाल भईरहेको हत्या, हिंसा र भ्रष्टाचारलाई तुरुनत रोक्न समेत माग गरिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापन पत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here