दिक्तेलमा काेराेनाकाे त्रास

पँच दिनमा क्वारेन्टिनबाट निकाल्नेहरुले त्रास फैलाएकाे अाराेप

एविसि खबर

असार,१६ खाेटाङ। खाेटाङमा क्वारेन्टिनमा राखिएकाे व्यक्तिलाई ५ दिन मात्र राखेर छाडिएकाले संक्रमणकाे खतरा बढेकाे भन्दै अालाेचना बढेकाे छ । दिक्तेल बजारमा रहेकाे क्वारेन्टिनमा विदेशबाट अाएका व्यक्तिलाई कम्तिमा १५ दिन क्वारेन्टिनमा राख्नु पर्नेमा स्वाब परिक्षणका लागि लिएर ५ दिनमै छाडिएकाे भन्दै सर्वसाधरणले गुनासाे गरेका छन्।

उनिहरुले पहुँचमा हुनेहरुले सम्बिन्धित निकायले पूरा समय क्वारेन्टिनमा नराखेर अाम नागरिक प्रति अपमान गरेकाे बताएका छन् । उनिहरुले टाेल टाेलमा जस्तै बनेकाे क्वारेन्टिन के सर्वसाधरणका लागि मात्र हाे र भन्ने प्रश्न समेत गरेका छन्। कतिफे सामाजिक सञ्जालमा जसले क्वारेन्टिनबाट निकाल्याे उसले अब बढेकाे संक्रमितकाे जिम्मा लिनुपर्ने सम्मका कुरा लेखेका छन्। अहिले बजारका केही क्षेत्र शिल हुनु, बजारमा काेराेना अातंक फैलाउने काम गरेकाे भन्दै कडा अालाेचना गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा नेपाली कांग्रेस खाेटाङका सचिव ज्ञानेन्द्र जाेशि लेख्छन्। ” दिक्तेल रुपाकोट मझुवा गढी नगर पालिका दिक्तेलमा विदेश वाट आएका एक व्यक्तिलाई ५ दिन मात्र क्वारेन्टिन मा राखेर स्वाव लिई घर पठाइयो। तर रिपोट आयो पोजेटिप (कोरोना संक्रमित ) अहिले नगर वासी आतंकित छन।यस्तो वुद्धिले कोरोना नियन्त्रण हुन्छ । सम्वन्धित पक्षको वुद्धि आओस ।”

यस्तै अादिवासी जनजाती महासंघ खाेटाङ सचिव तथा युवा शहकारी अभियान्ता रविन खम्बुले पनि याे ठिक नभएकाे लेखेका छन् । उनले यसाे हुनुमा जिल्ला प्रशासन र नगरपालिका दाेषी रहेकाे बताउँ छन्। उनले लेखेका छन् ।” खोटाङ दिक्तेल बजारमा अहिले कोरोना भाइरसले यहाँको नागरिकहरु आतंकित भएको छ।अहिलेसम्म यस् नगरपालिकामा ४ जनालाई कोरोना पोजेटिभ देखिएको छ।नगरवासीहरु असुरक्षित छ। यदि अरु नागरिकहरु लाई कोरोना भाइरस सरेको छ भने तेसको जिम्मेवार करेन्टाइनमा ४ दिन राखेर PCR रिपोर्ट न आई घर पठाउनेहरु हुनुपर्छ ।प्रशासन र नगरपालिकाको लापरवाहीको कारण यस् नगरमा जोखिम बढेको छ।”


सामाजिक सञ्जालहरुमा हेर्दा अहिले खाेटाङ सदरमुकाममा सचेतनाकालागि एकपछि अर्का अभिव्यक्तिहर देखिन्छन । संक्रमणकाे कारण बजारमा सबै सशंकित तथा अातंकीत छन्। सुरक्षा संयन्त्र एलर्टमा राखिएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here