बाक्सिला फुटबल क्लबले चुम्यो उपाधि

Baksila Football Club
Baksila Football Club

खोटाङ–केपिलासगढी बाक्सिला गोल्डकपको ११ औं संस्करणकाे उपाधि अायाेजक बाक्सिला फुटबल क्लबले जितेकाे छ। अाईतबार सम्पन्न भएकाे फाईनल खेलमा साेल्मा स्पाेट्स क्लबलाई शुन्यकाे विरुद्ध २ गाेल गरेर अायाेजक बाक्सिलाले खेलकाे विजयी भएकाे हाे।

Baksila Football Club

खेलकाे पहिलाे हाफकाे ३७ अाै मिनेटमा बाक्सिला फुटबल क्लबलाई जर्सि नम्बर ११ का शुसन तामाङले पहिलाे गाेल गरेर खाता खाेलेका थिए। त्यस्तै मध्यान्तर पछि बाक्सिला क्लबकै जर्सि नम्बर ८ का साैरभ कार्किले अर्काे गाेल थपेर अग्रता लिएका थिए । खेल अवधीकाे म्यान अफ द म्याच बाक्सिला फुटबल क्लबकै जर्सि नम्बर ५ का रुपेश भुजेल भएका छन्।

खेलमा विजयी भएसँगै बाक्सिला फुटबल क्लबले गाेल्ड कप उचाल्नुका साथै नगद रु २ लाख ११ रुपैया प्राप्त गरेकाे छ। भने उप विजेता बनेका साेल्मा स्पाेर्ट क्लबले ९९ हजार ९ सय ११ रुपैया प्राप्त गरेका छन् । भने प्रत्येक खेलका म्यान अफ द म्याच खेलाडिहरुलाई २ हजार ११ रुपैया प्राप्त गरेका छन्। यसैगरी सेमि फाईनलिष्ट खारम्बु स्पाेर्ट क्लब र हलेसी तुवाचुङ स्पाेर्ट क्लबलाई रु २० हजार रुपैया प्राप्त गरेका छन् ।

Champion Baksila club

फुटबलको व्यवसायीक बिकासको लक्ष्य लिएर २०६२ सालमा स्थापित बाक्सिला फुटबल क्लवको आयोजनामा २०६१ सालदेखि सञ्चालन हुँदैआएको प्रतियोगीताका बेष्ट प्लेयर बाक्सिला विकि राई र सर्वाधिक गोलकर्ता बाक्सिलाका सुसन तामाङलाई जनही ११ हजार १११, बेष्ट गोलकिपर बाक्सिलाका रेम्बाे चाैधरी , बेष्ट डिफेण्डर विक्रम लिम्बू, बेष्ट मिडफिल्डर साेल्मा स्पाेर्ट क्लब कम दिपक भुसाल र बेष्ट कोच लक्ष्मण तामाङ लाई जनही ५ हजार ११ रुपैयाँ प्रदान गरिने जनाइएको छ ।

यस्तै खेलकुद पत्रकारिता पुरस्कार बाट नेपाल पत्रकार महासंघका अध्यक्ष दमन राईले प्राप्त गरेका छन् । उने साे पुरस्कार माहाविर पुनकाे अाविष्कार केन्द्रलाई प्रदान गर्ने जनाएका छन्। सम्पुर्ण पुरस्कारहरु प्रदेश सभा सदस्य राजन राई केपिलास गढी गाउँपालिका अध्यक्ष कृष्ण राई लगायतले वितरण गरेका थिए । जिल्लामा फुटबल खेलको व्यवसायीक बिकास तथा फुटबल खेलाडीको प्रोत्साहन र प्रबद्र्धनकालागि ‘बाक्सिला गोल्डकप’लाई निरन्तरता दिइएको क्लवका अध्यक्ष राईले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here