बाक्सिला गाेल्ड कपमा साेल्मा र अायाेजक भिड्दै

खेल तयारी पछि सामुहिक फाेटाे खिचाउँदै साेल्मा स्पाेट्स क्लवका खेलाडिहरु

खोटाङ– खोटाङको केपीलासगढी गाउँपालिकामा जारी केपिलासगढी बाक्सिला गोल्डकपको ११ औं संस्करणकाे
फाईनल खेलमा अायाेजक बाक्सिला फुटबल क्लब र स्वाेल्मा स्पाेट्स क्लब भिड्ने भएका छन्। शनिवार भएकाे सेमि फाईनल खेलमा अाफ्नाे विपक्षी टिमलाई हराउँदै फाईनलका लागि दुवै टिमले अाफ्नाे बलियाे दावेदारी दर्ज गराएका हुन् ।
शनिबार भएकाे सेमि फाईनलकाे पहिलाे खेलमा बाक्सिला फुटबल क्लबले खारम्बु स्पाेट्स क्लबलाई शुन्यकाे विरुद्व २ गाेल गरेर फाईनलमा प्रवेश गरेकाे हाे । खेलकाे शुरुवातीमै बाक्सिलाले खारम्बुलाई दवाब लिएकाे थियाे । बाक्सिलाका लागि शुरुमा बिकि राई १ गाेल गरेर खाता खाेलेका थिए भने केही समय पछि बाक्सिला कै खेलाडी विक्रम लिम्वुले गाेलकाे अग्रता दिलाएका थिए । साथै साे खेलकाे म्यान अफ द म्याच विकि राई घाेषित भएका थिए ।

यस्तै दाेस्राे चरणकाे खेलमा हलेसी तुवाचुङ स्पाेट्स क्लवलाई स्वाेल्मा स्पाेट्स क्लब दिक्तेल रुपाकाेट मझुवागढी नगरपािलका २ ले हराउँदै फाईनलकाे यात्रा तय गरेकाे छ। स्वाेल्मा स्पाेट्स कल्वले हलेसी तुवाचुङलाई २ का विरुद्व ३ गाेल गरेर फाईनलकाे दावेदार बनाएकाे हाे। खेलकाे शुरुवात २ मिनेट भित्रै स्वाेलमाका खेलाडि शेलेन्द्र बजिमयले गाेलकाे खाता खाेलेका थिए। यस्तै खेलकाे दशाै मिनेटमा ग्लाेरी जाेनले १ गाेल थपेर अग्रता लिएका थिए । यसरी नै विसाैँ मिनेटमा स्वाेलमा कै दिपक भुषालले थप एक गाेल गरेर तीन गाेल गरेका थिए। खेलकाे मध्यानह पछि हलेसी तुवाचुङका सन्ताेष महर्जनले १ गाेल गर्दै खाता खाेलेका थिए । यसैगरी हलेसी तुवाचुङकै विकास लामाले १ गाेल गरेर गाेल सँख्या थपेपनि जित भने याे टिमले निकाल्न नसकेकाे हाे। यश खेलमा म्यान अफ द म्याच भने स्वाेल्मा स्पाेट्स कल्वका राज शाही भएका छन्। यस क्लवकाे डिफेन्स खेलेका खेलाडि कृष्ण कुमार श्रेष्ठ (मनि) ३६ वर्ष पुगेका भएपनि सबैकाे अाकर्षणमा परेका खेलाडि हुन्।

मोफसलमा फुटबलको व्यवसायीक विकासका लागि विगत १५ वर्ष अघि सुरु गरिएको ‘११ औं केपीलासगढी बाक्सिला रनिङ गोल्डकप’ बिहिबार प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले उद्घाटन गरेका हुन् । पृथ्बी मावि बाक्सिलाको खेल मैदानमा आगामी फागुन २५ गतेसम्म जारी रहने बाक्सिला गोल्डकपको ११ औं संस्करणका विजेताले २ लाख ११ रुपैयाँ, उपविजेताले ९९ हजार ९११ रुपैयाँ र सेमिफाईनलिस्टले २० हजार ११ रुपैयाँ पाउने आयोजक बाक्सिला फुटबल क्लवका अध्यक्ष शिवकुमार राईले बताए ।

फुटबलको व्यवसायीक बिकासको लक्ष्य लिएर २०६२ सालमा स्थापित बाक्सिला फुटबल क्लवको आयोजनामा २०६१ सालदेखि सञ्चालन हुँदैआएको प्रतियोगीताका बेष्ट प्लेयर र सर्वाधिक गोलकर्तालाई जनही ११ हजार १११, बेष्ट गोलकिपर, बेष्ट डिफेण्डर, बेष्ट मिडफिल्डर र बेष्ट कोचलाई जनही ५ हजार ११ रुपैयाँ प्रदान गरिने जनाइएको छ । जिल्लामा फुटबल खेलको व्यवसायीक बिकास तथा फुटबल खेलाडीको प्रोत्साहन र प्रबद्र्धनकालागि ‘बाक्सिला गोल्डकप’लाई निरन्तरता दिइएको क्लवका अध्यक्ष राईले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here