नाछिरिङ भाषाको कक्षा २ को पाठ्यपुस्तक प्रकाशन हुदै

२०७६ माघ ६

किरात रदु नाछिरिङ साखाम केन्द्रले प्रकाशन गर्ने नाछिरिङ भाषाको कक्षा २ को पाठ्यपुस्तकको मस्यौउदा तयार भएको छ ।

गत पुष २६ देखि माघ ५ गते सम्म काठमाडौंमा सम्पन्न नाछिरिङ पाठ्यपुस्तक लेखन कार्यशाला गरी पाठ्यपुस्तकको मस्यौदा तयार पारेको हो ।

पाठयक्रम तथा पाठयपुस्तक लेखन समितिको संयोजक श्री राम कुमार नाछिरिङ – खोटाङ, विजय कुमार नाछिरिङ – सोलु, लाकु संगम नाछिरिङ – सोलु, तथा प्राज्ञिक परामर्शदाता भाषाविद डा. तारामणि राई, एवम् सहयोगीहरु भक्त बहादुर नाछिरिङ –खोटाङ, शान्ता नाछिरिङ – खोटाङ, हर्क बहादुर नाछिरिङ – मोरङ, सुभमान नाछिरिङ – मोरङ, खिलाराज नाछिरिङ – सोलु, लगायतको सहभागितामा मस्यौउदा तयार पारिएको संस्थाको अध्यक्ष सकल बहादुर नाछिरिङले बताए ।

चाँडै नै पाठ्यपुस्तकको रुपमा प्रकाशन हुने संस्थाको महासचिव जमान सिंह नाछिरिङले बताएका छन् ।

किरात रदु नाछिरिङ साखाम केन्द्रले गत बर्ष कक्षा १ को नाछिरिङ भाषाको पाठ्यपुस्तक प्रकाशन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here