बास्पानी र खार्ताम्छामा नेकपाकाे टाेल कमिटि बन्याे

एबिसि खबर
माग ७ केपिलासगढी। केपिलासगढी गाउँपालिकाकाे बास्पानी र खार्ताम्छामा(नेपाल कम्युनिष्ट पार्टी ) नेकपाकाे टाेल कमिटि निर्माण भएकाे छ। बास्पानी र खार्ताम्छामा पार्टीका जिल्ला तहका नेता तथा पालिका स्तरीय कमिटिका नेताहरुकाे उपस्थितिमा टाेलकमिटि निर्माण गरिएकाे हाे । केपिलास गढी गाउँपालिका वडा नं ३ बास्पानीमा ३ वटा टाेल कमिटि र खार्ताम्छामा ६ वटा टाेलकमिटि निर्माण गरिएकाे छ। मंगलबार बास्पानीमा भएकाे टाेल कमिटि सफथ ग्रहण कार्यक्रममा नेकपा खाेटाङ जिल्ला सदस्य रुद्र राईले पार्टीकाे नीति तथा कार्यक्रम बारेमा बताए । उनले मुलुक परिवर्तन गर्न नेकपा बाहेक अब कुनै विकल्प नरहेकाे भन्दै सबैलाई नेकपाकाे झण्डामुनी गाेलबन्द हुनु अावश्यक रहेकाे बताए। उनले गाउँपालिकामा भईरहेकाे विकास निर्माणकाे बारेमा कुनै समस्या भएमा सिधै कुरा राख्न अाग्रह गरेका छन्। भ्रष्टाचारमा शून्य सहनशिलता अपनाउनु पर्ने उनकाे भनाई रहेकाे थियाे। पार्टी लाईनका बारेमा बाेल्दै उनले अागमि समय गरिने पद्वतीका बारेमा जानकारी गराएका थिए।
नेकपा खाेटाङका जिल्ला सदस्य जीवन गिरिले पार्टीले विगतमा गरेकाे कामकै कारण लाेकप्रियता बढेकाे बताए।
यस्तै नेकपा केपिलास गढी गाउँ पालिका कमिटि अध्यक्ष रामकाजी राईले नेकपा ठुलाे महासागर जस्ताे पार्टी रहेकाे बताउँदै देशकाे भाग्य र भविष्य निर्माण गर्न नेकपा बाहेक अन्य विकल्प नरहेकाे उनकाे भनाई रहेकाे छ। उनले फेदीका सम्पुर्ण पार्टी पंक्तिलाई अागामी दिनमा पार्टी नीति र विचार प्रति वफदार रहन अाग्रह गरेका छन्।
यस्तै कार्यक्रममा केपिलासगढी गाउँपालिका ३ का वडा अध्यक्ष खगेन्द्र गुरुङले स्वागत गरेकाे कार्यक्रम गाउँमा पार्टीकाे विस्तार अावश्यकता बारेमा बताएका छन्। यस्तै खेलकुद महासँङ खाेटाङ अध्यक्ष तथा गाउँपालिका कमिटि कार्यलय सदस्य माईतिराज राई लगायतले बाेलेका कार्यक्रम बास्पानीमा ३ वटा टाेल कमिटि बनेकाे छ। बास्पानीकाे साविक वडा ४,५,६ र ७काे टाेल कमिटि जगत विककाे अध्यक्षतामा बनेकाे छ। सचिव अम्बर गुरुङ रहेकाे कमिटिमा १५ सदस्य रहेकाे छ। यस्तै साविक ८ र ९ काे टाेल कमिटिमा शर्मिला राई अध्यक्ष तथा निरकुमार दर्जी सचिव रहेका छन्। यस्तै वडा न१,२ र ३ टाेल कमिटिमा अकबर राई अध्यक्ष तथा रुद्र खड्का सचिव रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here