केपिलास १ फेदीमा नेकपाकाे ९ वटा टाेलकमिटि बन्याे

माग ५ केपिलास गढी। केपिलास गढी स्थित फेदीमा (नेपाल कम्युनिष्ट पार्टी ) नेकपाकाे टाेल कमिटि निर्माण भएकाे छ। फेदी स्थित ९ वटै वडामा टाेल कमिटि विस्तार गरिएकाे हाे।

केपिलास गढी गाउँपालिका वडा नं १ फेदीमा सबै साविककाे वडा स्तरिय टाेलकमिटि घाेषणा कार्यक्रम वडा कमिटिका
अध्यक्ष बलविर राईकाे अध्यक्षतामा भएकाे छ। कार्यक्रममा नेकपा खाेटाङका जिल्ला सदस्य तथा गाउँ पालिका अध्यक्ष कृष्ण कुमार राई प्रमुख अथिति रहेका थिए।
उनले नेकपा बाहेक अब कुनै पार्टी नरहेकाे भन्दै सबैलाई पार्टीकाे झण्डामुनी गाेलबन्द हुनु अावश्यक रहेकाे बताए। उनले गाउँपालिकामा भईरहेकाे विकास निर्माणकाे बारेमा कुनै समस्या भएमा सिधै कुरा राख्न अाग्रह गरेका छन्। भ्रष्टाचारमा शून्य सहनशिलता अपनाउनु पर्ने उनकाे भनाई रहेकाे थियाे।
यस्तै नेकपा केपिलास गढी गाउँ पालिका कमिटि अध्यक्ष रामकाजी राईले नेकपा ठुलाे महासागर जस्ताे पार्टी रहेकाे बताउँदै देशकाे भाग्य र भविष्य निर्माण गर्न नेकपा बाहेक अन्य विकल्प नरहेकाे उनकाे भनाई रहेकाे छ। उनले फेदीका सम्पुर्ण पार्टी पंक्तिलाई अागामी दिनमा पार्टी नीति र विचार प्रति वफदार रहन अाग्रह गरेका छन्।
पार्टीका जिल्ला सदस्य रुद्रकुमार राईले जनताकाे लामाे संघर्ष पछि अाएकाे उपलब्धीलाई सुरक्षा गर्नुपर्ने बताए। उनले राजनीति लिनकालागि नभएर दिनका लागि भएकाले जनताकाे काममा जुटेरमात्र नेकपाले सफलता पाउने उनकाे भनाई रहेकाे छ।
टाेल कमिटिका अध्यक्ष लगायत पदाधिकारीहरुलाई सफथ ग्रहण कार्यक्रममा नेपाली कांग्रेस पार्टी परित्याग गरेर डिकु शेर्पाले कांग्रेस परित्याग गरेका छन् । उनले अब कांग्रेस भन्ने पार्टीले देशमा अाफ्नाे अस्तित्व जाेगाउन हम्मे रहने उनकाे भनाई थियाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here