नुनथलाकाे वडा कार्यलयलाई नि:शुल्क जग्गा


नुनथला। दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिका वडा नं १३ लाई निशुल्क जग्गा प्राप्त भएकाे छ। नुनथला निवासी स्थानीय ५ जना व्यक्तिहरुले वडालाई ५ राेपनी १० अाना जग्गा निशुल्क प्रदान गरेका हुन।
मध्यपहाडी लाेकमार्गमा रहेकाे साविक नुनथला ५ मा पर्ने जग्गाहरु स्थानीय महेन्द्र बहादुर राईले १ राेपनी १ अाना ३ पैसा, डम्वर बहादुर राईले १ राेपनी १ अाना २ पैसा, भक्त कुमार राई १४ अाना, माेतिचन्द्र राईले १ राेपनी २ अाना ३ दाम र धर्मश्वर राईले १३ अाना २ पैसा ३ दाम जग्गा दिएका हुन्।
जिल्लाकै प्रमुख नाकाकाे रुपमा विकास भईरहेकाे नुनथलामा वडा कार्यलय निर्माणका लागि उनिहरुले जग्गा दिएपछि यसैपालि वडाकाे भवन बन्ने पक्का भएकाे छ। नगरपालिकाले यसअघी नै नगरपालिका भरी १३ वटा वडा कार्यलय भवन बनाउने निर्णय सार्वजनिक गरिसकेकाे वडा अध्यक्ष भिम राईले जानकारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here