पूर्वगृहराज्यमन्त्री कँडेलमाथि गोली हान्ने प्रयास

१३ कार्तिक,नवलपरासी
पूर्वगृहमन्त्री देबेन्द्रराज कँडेललाई गोली हान्ने प्रयास भएको छ । Kandelशुक्रवार दिउँसो नवलपरासीस्थित आफ्नै गृहनगर नजिकै दुई भारतीय सूटरले कँडेलमाथि पेस्तोल हान्ने प्रयास गरेका हुन् । तर अंगरक्षकको कारण गोली हान्ने प्रयास भने विफल भएको छ ।
प्रहरीका अनुसार बडहरा दुबौलिया गाविसमा कार्यकर्तासँग बसिरहेको अवस्थामा भारतीय मोटरसाइकलमा आएका दुईजनाले कँडेलामाथि प्रहार गर्ने उद्देश्यले एक्कासि पेस्तोल निकाल्दै गर्दा उनका अंगरक्षकले उनीहरुलाई समातेका थिए । उनीहरुले घरमा बनेको पेस्तोलले गोली हान्ने प्रयास गरेका थिए । पेस्तोलसहित दुई भारतीय नागरिक उज्वल गर्तौला र जोगेन्द्र पासवान पक्राउ परेका छन् । उनीहरुलाई प्रहरी समक्ष बुझाइएको छ । कँडेल भने सुरक्षित छन् । भारतीय सूटरहरुले कसको योजनामा उनलाई हान्ने प्रयास गरेका हुन भन्ने खुलेको छैन । उनीहरु चढेर आएको भारतीय यूपी ५३ ए ९८५६ नम्बरको मोटरसाइकल स्थानियले आगो लगाइदिएका छन् । कँडेलको घर भारतीय सिमानासँग जोडिएको महेशपुर बजारमा पर्दछ । कँडेल नेपाली कांग्रेस नवलपरासीका सभापति हुन् । उनलाई गोली हान्न आउने भारतीयहरु कँडेलको निवासवाट दुई किलोमिटर दक्षिण भारतको ठुटिबारीका हुन् । कडेलसँग नेपाल प्रहरीका सईको कमाण्डमा निजी सुरक्षाकर्मी पनि सधै रहन्छन् । माओवादी द्वन्द्वकालमा राजधानीमै आक्रमण हुँदा उनलाई ७ गोली लागेको थियो । ०००

Facebook Comments

सम्बन्धित

Leave a Comment