महत्वुपूर्ण छ भिजिट नेपाल

Visit Nepal 2020

भिम राई
नेपाल सरकारको राष्ट्रिय योजना आयोगले ‘समृद नेपाल, सुखी नेपाली’को राष्ट्रिय नारा तय गर्दै १५ औ पञ्चवर्षिय योजना निर्माण गरेको सन्दर्भमा ५५ वटा सूचकहरुको तयार पार्दा पर्यटन प्रर्वद्धनलाई समेत महत्वपुर्ण रुपमा उल्लेख गरेको छ । यसरी निर्माण भएको १५ औ पञ्चवर्षिय योजना कार्यन्वयन पुरा हुन सन २०८०÷०८१ सम्म लाग्ने गरी तय गरिएको योजनाहरुलाई सम्पन्न गर्न सरकारले समृद्धीका ३२ सुचक र सुखीको २३ सुचकहरु राखिएका छन् । नारा तय गर्दा तथा योजना निर्माण गर्दा ताका नेपालको आर्थिक वृद्धि दर ५ दशमलब ९ प्रतिशतले रहेकामा लक्ष्य हासिल गर्दाको बखत १० दशमलब ३ प्रतिशतले पु¥याउने लक्ष्य राखिएकाले पनि यो भ्रमण वर्ष २०२० को निकै महत्व रहेको छ ।
अहिले हुन गईरहेको भिजिट नेपाल २०२० को गुरु योजना सन २००९ मै तयार पारिएको योजना हो । २००९ मा पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले नेपाल पर्यटन भिजन २०२०को गुरु योजना प्रकाशन गरेको थियो । जसमा नेपालको पर्यटन क्षेत्रको सवल र दुर्वल पक्षहरु केलाईएको छ । यसका अवसर र चुनौतिहरुका बारेमा समेत उल्लेख गरिएको त्यो रिर्पोटलाई आधार मान्ने हो भने हाम्र सवल पक्षहरु विस्वको अग्लो हिमालहरु, प्राकृति सुन्दरता , मनोरम तथा स्वच्छ वातावरण, साहाषिक पर्यटन यात्रा, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरु, स्थानीय रहन सहनहरुलाई राखिएको छ ।
दुर्वलपक्षका रुपमा पूर्वाधारमा न्युन लगानी, सडक सञ्जालमा कम पहुँच, पब्लिक तथा प्राईभेट क्षेत्र सँगको सहकार्य कमजोर , लक्षित समुहको बारेमा बजारीकरण तथा प्रचारको अभाव, समग्रताको बढी ब्याख्खा, निश्चित क्षेत्रलाईमात्र पर्यटन पूर्वाधारको पुरक मानिएका जस्ता कुराहरु उल्लेख गरिएको छ ।
यी माथीका कुराहरु हेर्दा हाम्रा दुर्वल पक्षहरुलाई सवल बनाउने तर्फ हामी कति अगाडि बढेका छौँ भन्ने प्रश्नको उत्तरहरु अब हाम्रा कार्यक्रमहरुले दिनु पर्दछ । सन २००९ भन्दा यता हामीले कति पूर्वाधारहरुमा लगानी ग¥यौँ र यसको उपलब्धी के रहयो ? यसको खोजि हुनु पर्दछ । हाम्रा सडक सञ्जालमा पहुँच कता देखि कता पुग्यो यसको मार्गचित्र देखिनु पर्दछ । त्यसबेलाको सडकको पहुँच (रोडहेड) अहिले भन्दा कति गाह्रो थियो यसको जवाफ हामीले दिनु पर्दछ । पव्लिक तथा प्राईभेट क्षेत्र सँग हाम्रो सम्बन्ध कस्तो छ । कहाँ सम्म हामीले सहकार्य गर्न सक्यौँ ? यसको उत्तर नमुनाका रुपमा देखाउन यो महोत्सवहरुले काम गर्नु पर्दछ ।
अब कुरा गरौँ यता , सरकारले भिजिट नेपाल २०२० घोषणा गरेको वर्ष हो यो । सिङ्गो नेपालभरी विस्वका पर्यटकहरुलाई आमन्त्रण गर्ने सरकारको नीति अनुसार भ्रमण बर्ष २०२० लाई लिइएको छ । यसलाई सफल बनाउन देशव्यापी महोत्सवहरुको आयोजना गरेर वाह्य तथा आन्तरिक पर्यटनलाई बढावा दिनु सरकारलाई सघाउनु नै हो । हामी सँग रहेका तीनै तहका सरकारले आ–आफ्नो तहमा तहगत योजना निर्माण गरेर कामलाई तिब्रता दिनु पर्दछ । सबैभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकलाई निम्ता गर्न सकेमा भ्रमण बर्ष सार्थक र सफल हुनेछ ।
हाम्रा पर्यटकीय स्थलहरुको पुनःनिर्माण तथा मर्मत सभांर र संरक्षणका लागि सोचविचार गर्न सकेमा मात्र पनि यो भ्रमण बर्ष सफल हुने छ । अहिले हामीले जुन महोत्सवहरु आयोजना गरिरहेका छौँ यसलाई व्यस्थित बनाउन सक्नु पर्दछ । मेला तथा महोत्सवहरुलाई ऐतिहासिक, सँस्कृतिक तथा धार्मिक हिसावले व्यापक प्रचार प्रसार गर्न नसकेमा पर्यटन बर्ष २०२० कागलाई बेल मात्र हुने छ ।
मेला महोत्सवहरु आफैमा व्यवसायीक तथा प्रचारमुखी हुन जरुरी रहन्छ । तर अधिकाँस मेला महोत्सवको तयारी हेर्दा एक किसिमको उराठ लाग्दो अवस्था देखिन थालेको छ । घोषणा भएका त छन् । तर घोषणा हुनुमात्र काम हुँदै होईन । यसपछि गर्नु पर्ने थुप्रै कामहरु बाँकी देखिन्छन् । कुन ठाउँमा किन महोत्सव भन्ने प्रश्नहरुको व्यापक उत्तरहरुको स्पष्ट जवाफ आयोजकहरुले दिन नसके महोत्सव सानो भोजभतेर वाला कार्यक्रम जस्तो मात्र हुन्छ । कार्यक्रम असफल हुन्छ । सफल बनाउन सबै तहका सरकारका सबै अँगहरु परिचालित हुनका साथै आम स्थानीय नागरिकहरुलाई उतिकै परिचालन गर्न जरुरी छ ।
हामी बहुभाषिक बहुसाँस्कृतिक, बहुजातीय र बहुधार्मिक छौँ । यसमा हाम्रा रहन सहन कस्तो रहेको छ ? भाषा संस्कृतिमा के के रहेका छन् । परम्पराहरु कसरी चलिएका हुन् । यसको अवस्थाको बारेमा हामीले चिन्तन गर्नु पर्दछ । हाम्रा भेषभुषाहरु र परम्परागत खाना तथा परिकारहरुको स्वाद र प्रचार गर्न महोत्सवहरुले सघाउ पु¥याउन पर्दछ ।
हामीसँग भएका ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक सम्पदाहरुको चिनारी दिन र यसको महत्वका बारेमा बुझाउन सकेमा हामीले हाम्रा पर्यटकीय क्षेत्रको प्रर्वद्धन गर्न सक्छौँ । आन्तरिक तथा वाह्या जोसुकै भएपनि पर्यटक भनेका पाहुना हुन भन्ने मानसिकताको विकास गराएर यसलाई व्यवस्थापन गर्न सकेमा मात्र पर्यटन वर्ष २०२० को सार्थकता पुरा हुनेछ । अन्तमा हामीले गर्ने महोत्सवहरु गर्नका लागिमात्र गरिएको जस्तो नभई स्थायी र दिगो रुपमा प्रभावकारी बनाउने दायीत्व सबै नेपालीको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here