एसएसबीको व्यवहार अन्तराष्ट्रिय कानुन विपरित, कारवाही गर : पूर्वप्रधानमन्त्री नेपाल

११ मंसिर, काठमाडौ ।

पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले सुनसरी हरिपुरमा  भारतीय सुरक्षकर्मीले गोली चलाएको पुष्टि भइसकेको भन्दै घटनाका दोषीलाई कारबाही गर्न भारत सरकार सग माग गरेका छन् ।
भारतीय सुरक्षावल एसएसबीका जवानहरुले सुनसरीको हरिपुर ७ मा प्रबेशगरि अन्धाधुन्ध गोली चलाउदा घाइते भएकाहरुलाई धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भेट्ने क्रममा नेपालले कारवाहीको माग गरेका हुन् । घाइतेको अवस्था बुझेपछि सञ्चाकर्मीहरुसग कुरा गर्दै एमाले वरिष्ठ नेता समेत रहेका पुर्व प्रधानमन्त्री नेपालले भारतीय दुतावास र एसएसवीले नेपाली भुमीमा गोली नचलेका दावी गर्नु मिथ्या भएको बताए ।
नेता नेपालले घटना स्थलमा भेटिएका गोलीका खोकाले पनि भारतिय सुरक्षाकर्मी नेपाली भुमीमा प्रवेश गरेर नेपाली युवा माथि गोली चलाएको प्रमाणित भइसकेको प्रष्ट पारे । उनले नेपाली भुमीमा पसेर भारतिय सुरक्षाकर्मीले गरेको हर्कत अमानविय व्यवहार भएको बताए ।
एमाले नेता नेपालले गोली काण्डका घाइते सगै मधेशी मोर्चाका कार्यकर्ताले जिउदै जलाएका मोरङका बब्लु राजवंशीलाई समेत भेटेका थिए । सो घटना अमानविय र क्रुरताको पराकाष्ठ भएको भन्दै नेता नेपालले घटनाका दोषीलाई कडा कारबाही गर्न सरकारसग माग समेत गरे ।

Facebook Comments

Related posts

Leave a Comment