चीनसँगै भारतको इन्धन पनि भित्रने

१३ कार्तिक, काठमाडौ

नेपाल आयल निगमले चीनसंग पेट्रोलियम पदार्थको कारोबार सम्झौता गरेसंगै भारतीय आयल कर्पोरेशनले आपुर्ति बढाउने संकेत गरेको छ । चीनसंग सम्झौता भएको भोलिपल्टै भारतीय डिपो हरुबाट अधिकांस ट्याङ्करमा तेल भरिएको छ ।
हिजो तेल भर्न भारत पुगेका १ सय ८ ट्याङ्करमध्ये ८३ वटा ट्याङकरमा इन्धन भरिएको नेपाल आयल निगमले जानकारी दिएको छ । जसमध्ये ९ ट्याङकर पेट्रोल, ६७ ट्याङकर डिजेल र ७ ट्याङकर हवाई इन्धन छन । अघिल्ला लिनको तुलनामा भारतले धेरै इन्धन उपलब्ध गराएको हो । बीरगन्ज बाहेकका अन्य नाकाहरुबाट भारग पुगेका ट्याङ्करहरुमा इन्धन लोड भएका हुन । नाकामा अवरोध नभए ती ट्याङकरहरु आज नेपाल भित्रिनेछन । नाकाबन्दीपछि दैनिक मागको १० प्रतिशतमात्र इन्धन उपलब्ध गराउदै आएको भारतीय आयल कर्पोरेशनले आपुर्तिको मात्र केहि बढाएको हो ।
यता बिहीबार बीरगञ्ज बाहेकका नाकाहरुबाट १ सय ३१ वटा इन्धन बोकेका ट्याङ्करहरु नेपाल भित्रिएका छन । गएको पाँच सातायता हिजो ठुलो परिमाणमा पेट्रोलियम पदार्थ नेपाल भित्रिएको हो । नेपाल भित्रिएका ट्याङकरहरुमध्ये ५३ ट्याङकर बिराटनगर नाकाबाट, १६ ट्याङकर काकडभित्ता नाकाबाट, ५० ट्याङकर नेपालगञ्ज नाकाबाट र १२ ट्याङकर कैलाली नाकाबाट नेपाल भित्रिएका हुन ।

Facebook Comments

Related posts

Leave a Comment