नेपाली सेनाको निःशुल्क वस

१३ कात्तिक, काठमाडौं ।

नेपाल प्रहरीले जस्तै नेपाली सेनाले पनि उपत्यकाका नागरिकको सेवाको लागि निशुल्क वस सेवा शुरु गरेको छ ।Nepal-Army1 इन्धन अभावको कारण उपत्यकका नागरिकले आवत जावतमा सास्ती पाइरहेको अवस्थामा ेिनाले विभिन्न रुटमा वस सेवा सञ्चालनमा ल्याएको हो ।
नेपाली सेनाले काठमाडौ उपत्यकाका ८ रुटमा वस सञ्चालन गर्ने जनाएको छ ।
सेनाको निशुल्क वस सेवा वुधवार देखि शुरु भएको हो । विहान कार्यलय समयमा १० वजे  दिउँसो ३ वजे पछि वस सञ्चालन हुने प्रवक्ता तारावहादुर कार्कीले जानकारी दिए ।

यस्तो छ रुट

सेनाले तत्कालका लागि चारवटा रुटमा बस सेवा सञ्चालनमा ल्याएको छ । पहिलो रुट नयाँबानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, कालिमाटी, त्रिपुरेश्वर हुँदै रत्नपार्कको छ ।

दोस्रो रुट भद्रकालीबाट जमल, लैनचौर, टिचिङ अस्पताल, नारायणगोपाल चोक, बसुन्धरा, गोंगबु हुँदै बालाजु पुग्नेछ र सोह्रखुट्टेबाट भित्र छिरेर कान्तिपथ हुँदै माइतीघरसम्म पुग्ने छ ।

त्यसैगरी माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, कलंकी हुँदै, स्वयम्भू पुग्ने छ र स्वयम्भूबाट छाउनी छिरेर, ताहाचल, टेकु हुँदै थापाथली पुग्ने तेस्रो रुट निर्धारण गरिएको छ ।

चौथो रुट माइतीघरबाट सुरु भएर नयाँ बानेश्वर, तीनकुने, एयरपोर्ट, गौशाला, चाबहिल, नारायणगोपाल चोक पुग्नेछ र त्यहाँबाट भित्र छिरेर लाजिम्पाट, कान्तिपथ हुँदै भद्रकाली पुग्ने छ ।

पाँचौ रुट थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, कोटेश्वर, तीनकुने, बानेश्वर र सहिदगेट निर्धारण गरिएको छ ।

थापाथली, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, कालीमाटी, त्रिपुरेश्वर र रत्नपार्क छैटौं रुट तोकिएको छ ।

सातौं रुटमा माइतीघर, पुरानोबानेश्वर, मैतीदेवी, पुतलीसडक, बागबजार, सिंहदरबार निर्धारण गरिएको छ ।

आठौं रुटमा सहिदगेट, त्रिपुरेश्वर, कालीमाटी, ताहाचल, छाउनी, स्वयम्भू, गोंगबुचोक, सामाखुसी र रत्नपार्क तोकिएको सेनाका प्रवक्ता कार्कीले अनलाइनखबरलाई जानकारी दिए ।

सेनाले तत्कालका लागि चार रुटमा ३५ सिट क्षमताका ४ वटा गाडी चलाइए पनि आवश्यकताअनुसार बढाउन पनि सकिने जानकारी दिएको छ ।

प्रवक्ता कार्कीले भने, ‘अहिले यात्रुको चाप निकै छ । यस्तै अवस्था रहे र सवारी साधन उपलब्ध भए बढाउन पनि सकिन्छ ।’

Facebook Comments

Related posts

Leave a Comment