प्रधानमन्त्रीको दिवा भोज : संवादमा आउन असन्तुष्ट दलहरुलाई आग्रह

१२ कार्तिक, काठमाडौ
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकले बेहोरेको असहज परिस्थीतिमा सवै दलहरु मिलेर अघि बढ्नुको बिकल्प नभएको बताएका छन् ।
जनताको अपेक्षा अनुसार दैनिक जनजीवन सहज हुन नसकेको  स्वीकार गर्दै प्रधानमन्त्री ओलीले केहि दिनमा अत्यावश्क बस्तुको सहज आपुर्ती हुने आश्वसन दिए ।

दिवा भोजमा सामूहिक तस्वीर खिचाउदै नेताहरु
दिवा भोजमा सामूहिक तस्वीर खिचाउदै नेताहरु

मुलुकका प्रमुख पदहरुको चयनपश्चात बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले दिवा भोजको आयोजना गरेका हुन् ।
प्रधानमन्त्री ओलीले नेपाली जनताको भावना अनुरुप संविधान जारी भई लागु समेत भैसकेको अवस्थामा सीमानामा धर्ना दिएर जनजीवन असहज बनाउनु नाजायज भएको बताए ।
सरकार वार्ता र संवादबाट सबै समस्याको निराकराण गर्न सरकार गम्भीर रहेको बताउदै प्रधानमन्त्री ओलीले वार्तामा आउन सवै पक्षलाई आग्रह गरे ।
प्रधानमन्त्रीको भोजमा सहभागी भएका एकीकृत माओबादी अध्यक्ष पुष्पकमल दाहालले संविधान जारी भएसंगै अव संविधानको कार्यन्वयन चुनौतिपूर्ण रहेकाले प्रमख दलहरुको  सहयात्रा आवश्यक  रहेको दोहो¥याए ।
कांग्रेस, एमाले  र एकीकृत माओबादी सहितको शक्तिले मात्र जनताको आशा र भरोसा पुरा गर्न सक्ने भन्दै उनले प्रतिपक्षमा रहेपनि कांग्रेसले सहमतिको यात्रा नतोड्ने  बिश्वास व्यक्त गरेका थिए ।
प्रधानमन्त्रीको पहिलो दिवा भोजमा पूर्वप्रधानमन्त्री तथा कांगे्रस सभापति सुशील कोईराला, बरिष्ठ नेता शेरबहादुर देउवा तथा कांग्रेस  सांसदहरुको समेत उलेख्य  उपस्थिति रहेको  थियो ।

Facebook Comments

Related posts

Leave a Comment