राष्ट्रपति भण्डारीलाई चीनको बधाई

१२ कार्तिक, काठमाडौ
राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित हुनुभएकोमा छिमेकी मुलुक चीनले बधाई दिएको छ । images
पालका लागि चिनियाँ राजदूत उ चुन्ताईले राष्ट्रपति भण्डारीको मध्य बानेश्वरस्थित निजी निवासमा पुगेर चिनियाँ राष्ट्रपति सी जिङपिङ र चिनियाँ जनताको तर्फबाट बधाई दिएका हुन् ।
राष्ट्रपति भण्डारीसँगको भेटमा राजदूत उले सफल कार्यकालको शुभकामना समेत व्यक्त  गरेका थिए ।
यस अघि संयुक्त राज्य अमेरिकालगायतका मुलुकहरुले पनि राष्ट्रपति विद्यादेवी भण्डारीलाई वधाई तथा कार्यकालको शुभकामना व्यक्त गरिसकेका छन् ।

Facebook Comments

Related posts

Leave a Comment