नवनिर्वाचित राष्ट्रपति भण्डारीले अपरान्ह सपथ लिने

नवनिर्वाचित राष्ट्रपति भण्डारीले अपरान्ह सपथ लिने
१२ कात्तिक, काठमाडौं ।

नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीले राष्ट्राध्यक्षको रुपमा आज शपथ ग्रहण गर्नु हुने भएको छ । राष्ट्रपति भण्डारीले आज अपरान्ह ३ बजे प्रधानन्यायाधीश कल्याण श्रेष्ठबाट शपथ ग्रहण गर्नुहुने कार्यक्रम छ ।

नवनिर्वाचित राष्ट्रपति
नवनिर्वाचित राष्ट्रपति

यसअघि मुलुकको दोस्रो राष्ट्रपतिका रुपमा निर्वाचित भएपछि संविधानसभा भवनबाट वाहिरिने क्रममा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै राष्ट्रपति भण्डारीले राष्ट्राध्यक्षको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने बताउँनुभएको थियो ।

राष्ट्रपतिमा आफ्नो विजय सबै नेपालीको जीत भएको उहाँको कथन  छ ।
नवनिर्वाचित राष्ट्रपति भण्डारीले मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाभिमान र राष्ट्रिय एकतालाई केन्द्रविन्दुमा राखेर संविधानले दिएको जिम्मेवारी पूरा गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो ।
नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई बुधवार नै सुरक्षाकर्मीको कारगेडसहित निवास पु¥याइएको थियो । ०००

Facebook Comments

Related posts

Leave a Comment