चरम असमावेशी मन्त्रीमण्डलप्रति असन्तुष्टि जनाउन उपराष्ट्रपतिमा उम्मेदवारी दिएको थिएँ : गोपाल किराती

एमाओवादी स्थायी समिति सदस्य गोपाल किरातीले पार्टीको तर्फबाट नेता नन्दकिशोर पुनलाई उपराष्ट्रपति उम्मेदवार बनाउने नर्णिय गरेकोप्रति दृढ समर्थन जनाएका छन् । पुनलाई ‘पार्टीको सम्मानित नेता’ भएको बताउँदै विजयको शुभकामना पनि व्यक्त गरेका छन् ।

gopal-kiratiकिरातीले ‘मन्त्रीमण्डलमा बाहुन–क्षेत्री एकाधिकार थोपरेर दलित, मुस्लिम, थारु समुदायमाथि अत्याचार भएको विरोधमा अध्यक्ष प्रचण्ड र महासचिव कृष्णबहादुर महरा समक्ष गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपतिको लागि’ उम्मेदवारी दाबी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले मन्त्रीमण्डल असमानुपातिक भएकोप्रति असन्तुष्टि जनाउँदै भनेका छन्, ‘पूर्ण समानुपातिक प्रणालीको फरक मत दर्ज गर्ने पार्टीले ८ जना मन्त्रीमा ६ जना बाहुन–क्षेत्री पठाउनु माक्र्सवाद र आफैले निर्माण गरेको संविधान प्रतिकूल बेइमानी हो ।’

‘अब उपन्यासकार बन्छु’

किरातीले विज्ञप्तिमा अब उपन्यास लेख्नेसमेत बताएका छन् ।

उपन्यासकार बन्ने आकांक्षाले लेखन प्रारम्भ गरेको बताउँदै किरातीले ‘एमाले गठबन्धन सरकारमा पार्टीले पठाएको चरम विभेदकारी प्रतिनिधित्व र जनयुद्धमा उठेको रोल्पाको गरिमा ध्वस्त बन्दै गएको पृष्ठभूमिमा एक लघु उपन्यास लेख्ने’ बताएका छन् ।

उनले “आमाको हत्या” शिर्षक उपन्यास यथाशिघ्र सार्वजनिक गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

Esamata.com

Facebook Comments

Related posts

Leave a Comment