तर महराको दाउ उल्ट्यो, नेतृत्व रायमाझीको

१ कात्तिक, काठमाडौं ।

अन्तत माओवादीले निर्णय उल्ट्याउदै सरकामा जाने नेतृत्वसहित मन्त्रीहरुको छनौट गरेको छ ।

नयाँ उपप्रधानमन्त्रीमा एमाओवादी सचिव टोपबहादुर रायमाझी छन् । उर्जा मन्त्रालयको विभागीय जिम्मेवारी पाएका उनले सरकारमा एमाओवादीको नेतृत्व गर्नेछन् ।

आईतवार विहान बसेको एकीकृत माओवादीको बैठकले सात मन्त्रीहरुको नाम टुङ्गो लगाएको हो । रायमाझीले उपप्रधानमन्त्रीसहित उर्जा मन्त्रालय सम्हाल्ने छन् । यस्तैगरि शक्ति बस्नेत गृह मन्त्रालय, अग्नि सापकोटा वन तथा भूसंरक्षण, गिरिराजमणि पोखरेल शिक्षा मन्त्रालय, रेखा शर्मा सामान्य प्रशासन र उमेश यादवले सिचाँई मन्त्रालय सम्हाल्ने भएका छन् । आपूर्ति मन्त्रालयको जिम्मेवारी भने वाईसीएलका अध्यक्ष गणेशमान पुनले सम्हाल्ने भएका छन् ।
एकीकृत माओवादीवाट कृष्णवहादुर महराले सरकारको नेतृत्व गर्ने कुरा वाहिर आएपनि अन्तिममा पार्टीगत सन्तुलन मिलाउन रायमाझीलाई सरकारको नेतृत्व गर्ने गरि निर्णय लिईएको माओवादी नेताहरुले वताएका छन् ।

तर, सरकारको नेतृत्व गरेको एमालेबाट भने आन्तरिक विवाद नमिलेका कारण मन्त्री थपिएनन् ।आइतबार प्रधानमन्त्री ओलीले एमाओवादी, फोरम लोकतान्त्रिक र बहुजन समाजवादी पार्टीबाट गरी नौ मन्त्री थपेका छन् । थपिएका मन्त्रीले आइतबार नै राष्ट्रपतिसमक्ष सपथ ग्रहण गरेका छन् ।

 

Facebook Comments

Related posts

Leave a Comment