अपराधविरुद्ध शून्य सहनशीलता : सुट आउट

१ कार्तिक, काठमाडौ ।

चाडपर्वमा सक्रिय भई नागरिकलाई दुख दिने अपराधीहरुप्रति प्रहरी कठोर बन्ने भएको छ । दशै तिहार तथा छठ पर्वको सुरक्षा संवेदनशीलतालाई मध्य नजर गर्दै प्रहरीले अपराधविरुद्ध शून्य सहनशीलता अपनाइने जनाएको हो ।

पत्रकार सम्मेलनमा वोल्दै प्रमूख थापा
पत्रकार सम्मेलनमा वोल्दै प्रमूख थापा

महानगरीय प्रहरीले थ्रि एसको रणनीति सार्वजनिक गर्दै हतियारको दम्भमा शान्ति सुव्यवस्था खल्वल्याउनेलाई नमस्कार गरेर बस्न नसकिने बताएको छ । अपराधमा संलग्नको खोजवीन, सुधारको मौका पछि पनि नसुध्रिए गोली हान्नुको  विकल्प नरहेको प्रहरीको भनाई छ ।
हतियारको दम्भमा आम नागरिकको मानव अधिकार हनन तथा अपराध गर्ने कुनै पनि अपराधिक गिरोहलाई प्रहरीले नमस्कार नगर्ने बताएको छ । अपराधविरुद्ध शून्य सहनशीलता र गुन्डागर्दी निमुर्ल गर्ने अभियानअन्तर्गत थ्रि एसको रणनीति सार्वजनिक गर्दै महानगरीय प्रहरी परिसर प्रमूख विक्रम सिंह थापाले अपराधीलाई सुध्रनको लागि समय दिदा पनि नसुध्रिए सुट हान्नुको विकल्प नरहेको बताए ।
महानगरीय प्रहरी परिसरले कार्यलयमा पत्रकार सम्मेलन गरी थ्रि एसको रणनीति सार्वजनिक गरेको हो । स्वीप र स्त्रीेनिङ पछि सुट आउटको विकल्प नरहेको प्रहरीको निष्कर्ष छ । गुन्डा भन्ने शब्द कुनैपनि डिस्नरीमा नभएको बताउदै परिसर प्रमूख एसएसपी थापाले कसैकोमा छ भने च्यातेर फालिदिने बताए । बन्दुक देखाएर तर्साउनेहलाइ प्रहरीले धुप बालेर पुजा नगर्ने भन्दै प्रमूख थापाले बन्दुकको जवाफ बन्दुक नै भएको उनको भनाई छ ।
तर मानव अधिकारको सम्मान गर्ने प्रमूख थापाले स्पष्ट पारे ।
अपराधविरुद्धको अभियानमा कुनै पनि राजनीतिक दबाब नसहने भन्दै प्रहरीले संगठित अपराध निस्तेज पार्न बी डब्लु पी पोलिसिङ पनि ल्याएको जनाएको छ । ब्रोकन उइन्डोज थेउरी पोलिसिङ अन्तर्गत अपराध र अपराधिको कोपिला नै निमोठ्ने प्रहरीको दावी छ । एसपी थापाले प्रहरी सेवामा पनि उदासिनता, अश्लिल शब्दको प्रयोग, शारिरिक याताना, भष्टाचार र अपहेलनाजस्ता कमिकमजोरीहरु हुन सक्ने भन्दै त्यसलाई सुधार्ने प्रतिवद्धता जनाएका थिए ।
अन्तराष्ट्रिय शहरको रुपमा परिचित काठमाडौंका दरबारमार्ग क्षेत्र २४ सै घन्टा खुलाउन कार्यदल गठन भइसकेको र परीक्षण भइरहेको प्रहरीको भनाई छ ।

Facebook Comments

Related posts

Leave a Comment