सभामुख चयन आज

राजनीति

काठमाडौं —

व्यवस्थापिका संसदको सभामुख र उपसभामुखको चयनका लागि आज संसदमा निर्वाचन हुदैछ । दलहरुले सहमतिमा सभामुख र उपसभामुख चयन गर्न नसकेपछि आज चुनाव हुन लागेको हो ।
संसद सचिवालयले आज दिउँसो साढे ११ बजेदेखि २ बजेसम्म  उम्मेदवारको मनोनयन दर्ता गर्नु पर्ने समय निर्धारण गरेको छ । सभामुखका  लागि ३ बजे र उपसभामुखका लागि ५ बजे संसदमा मतदान हुने छ । सत्तारुढ गठबन्धनबिच एकीकृत नेकपा माओवादीलाई सभामुख र राप्रपा नेपाललाई उपसभामुख दिने सहमति भएको छ । जस अनुसार एकीकृत नेकपा माओवादीले ओनसरी घर्तीलाई सभामुख र राप्रपा नेपालले कुन्ती शाहीलाई उपसभामुखमा उठाउने तय गरेका छन् ।०००

Facebook Comments

Leave a Reply