खेल मैदानका लागि देउसी बाट करिब ९ लाख संकलन

समाचार

खाेटाङ। दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिका ५ लफ्याङमा निर्माणधिन खेल मैदानका लागि देउसी भैलाे मार्फत संकलित रकमकाे सार्वजनिकिकरण कार्यक्रम सम्पन्न भएकाे छ। मझुवागढी रणजित मान राई खेलमैदान निर्माण उपभाेक्ता समितिले खेलेकाे देउसी भैलाेबाट खर्च कटाएर ८ लाख ९५ हजार ८ सय १५ रकम संकलन गरेकाे हाे।


काठमाडाैं र खाेटाङमा खेलिएकाे देउसी भैलाेमा ५०हजार६ सय ८५ रुपैया खर्च भएकाे छ। कातिक ८ देखि ११ गते सम्म खेलेकाे टाेलीले काठमाडाै अाउने जाने सम्पुर्ण खर्च व्यक्तिगत रुपमा गरिएकाे दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिका वडा न. ५ का वडा अध्यक्ष निर्मल राईले जानकारी दिनु भयाे।

खेलमैदान निर्मा्ण उपभाेक्ता समिति अार्थिक सकलन समितिका संयाेजक राजेन्द्र राईले निकै लामाे समयदेखि निर्माण गर्ने भनिएकाे खेलमैदानकाे सम्पुर्ण डिपिअार तयार भईसकेपछि निर्माण कार्य प्रारम्भ गरिएकाे बताउनु भएकाे छ ।
खेल मैदान अागामी माघ महिना भित्र निर्माण गरि एउटा ऐतिहासिक खेल समेत संचालन गर्ने लक्ष्य रहेकाे बताउँदै वडा अध्यक्ष निर्मल राईले देउसी भैलाे दान प्रदान गरेर अार्थिक सहयाेग गर्ने सबै सुदाताहरु, काठमाडाैमा साँस्कृतिक कार्यक्रममा सहयाेग गर्ने सुम्निमा कल्चर ऐकेडेमीका कलाकारहर सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै सबै अाम समुदायमा सबैखाले सहयाेगकने अपिल समेत व्यक्त गर्नु भएकाे छ।

Facebook Comments

Leave a Reply