केपिलासगढीको सबै वडामा बर्थिङ सेन्टर

समाचार

संगिता राई
कात्तिक १७, खोटाङ, । जिल्लाको केपीलासगढी गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर खुलेका छन् । ७ वडामध्ये बाँकी रहेको केपीलासगढी गाउँपालिका–३ बासपानी स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापनासँगै गाउँपालिका बर्थिङ सेन्टर खुलेको हो । बासपानीमा स्थापना गरिएको प्रशुतीगृह प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई र प्रदेशसभा सदस्य राजन राईले संयुक्त उद्घाटन गर्नुभएको छ ।
अमेरिकी संस्था डि टु एन फाउण्डेसनको ५८ लाख र स्थानीयको २० प्रतिशत श्रमदानबाट निर्माण गरिएको स्वास्थ्यचौकीको आठ कोठे भवन हस्तान्तरण सँगै बाँसपानीमा बर्थिङसेन्टर स्थापना गरिएको हो । बाक्सिला स्वास्थ्यचौकीमा मात्र प्रशुतीगृह रहेको गाउँपालिकामा स्थानीय सरकार गठनपछि सबै स्वास्थ्यचौकीमा तालिम प्राप्त दक्ष प्रसुतीकर्मी, सुत्केरी गराउने साधन, औषधि व्यवस्था गरेर बर्थिङ सेन्टर स्थापना गरिएको गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताउनुभयो ।
सुत्केरी गराउनेक्रममा ज्यान गुमाउने आमाको जीवन सुरक्षाका लागि हरेक वडामा बर्थिङ सेन्टर स्थापना भएपछि स्थानीय उत्साहित देखिएका छन् ।

Facebook Comments

Leave a Reply