Kirat Radu Nachhiring Sakham Kendra

किरात नाछिरिङहरु मुन्दुम घर बनाउने अभियानमा

समाज

किरात रदु नाछिरिङ साखाम केन्द्रले मुन्दुम घर (रिदुमखिम) बनाउनको लागि आर्थिक संकलन अभियान शुरु गरेको छ ।

कार्तिक ११ गते काठमाडौंमा संस्थाले आयोजना गरेको देउसी भैलो कार्यक्रममा नाछिरिङहरुको साझा भवन मुन्दुम घर (रिदुमखिम) बनाउने उदघोषको साथ आर्थिक संकलन अभियान शुरु गरिएको हो ।

मुन्दुम घर (रिदुमखिम) निर्माण गर्नको लागि साखाम केन्द्रको अध्यक्ष सकल बहादुर नाछिरिङले रु १ लाख ४६ हजारकोे चेक हस्तान्तरण गर्नुको साथै विभिन्न ब्यक्ति मार्पत रु ८ लाख भन्दा बढिको सहयोगको प्रतिबद्धता जनाएका छन् ।

उक्त मुन्दुम घर निर्माणको लागि किरात रदु नाछिरिङ साखाम केन्द्रद्धारा आर्थिक संकलनको लागि दीपक चन्द्र नाछिरिङको संयोजकत्वमा २७ सदस्यीय उपसमिति बनाइएको संस्थाको अध्यक्ष सकल बहादुर नाछिरिङले बताए ।

Nachhiring Dheusi Bhailo Program

कार्यक्रममा जिल्ला समन्वय समिति, सोलुखुम्बुका अध्यक्ष वीरकुमार नाछिरिङले साखामले गरेको कामहरुको प्रशंसा गर्दै सम्पूर्ण नाछिरिङहरु एक जुट हुनुपर्ने बताए ।

ए वान पार्टी प्यालेस चाबहिलमा विविध साँस्कृतिक नृत्य सहित आयोजित देउसी भैलोकार्यक्रममा नाछिरिङ हरुको बाक्लो उपस्थिति रहेको थियो ।

Facebook Comments

Leave a Reply