विपद व्यवस्थापन न्युनिकरणकालागि र्याली

खाेटाङ, २ कातिक। जिल्ला विपद व्यस्थापन समिति खाेटाङले विपद न्युनिकरण सचेतनाकालागि जिल्ला सदरमुकाम दिक्तेलमा र्याली निकालेकाे छ। सदरमुकामकाे किरात चाेकबाट शुरु भएकाे र्याली हाटडाँडामा समापन भएकाे हाे।

अन्तर्राष्ट्रिय विपद जाेखिम न्युनिकरण दिवसकाे अवसरमा अायाेजित सप्ताह व्यापी कार्यक्रमकाे समापनकाे दिन र्याली प्रदर्शन गरिएकाे जिल्ला विपद व्यवस्थापन समितिले जनाएकाे छ। गत असाेज २६ गतेबाट शुरुभएकाे सप्ताह व्यापि कार्यक्रम अाज २ कातिकमा सम्पन्न भएकाे हाे।
“अावश्यक पूर्वाधार विपदबाट हुने क्षति घटाउँ, अाधारभुत सेवा प्रवहा राेकिनवाट बचाअाैँ” भन्ने नाराका साथ यसपटककाे दिवस मनाईकाे छ।

नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा खाेटाङकाे प्राविधिक सहयाेग रहेकाे र्यालीमा प्रमुख जिल्ला अधिकारी बिष्णुहरी उपाध्य, प्रहरी नायव उपरिक्षक बामदेव गाैतम लगायत विभिन्न विद्यालयका शिक्षक विद्यार्थीकाे सहभागिता रहेकाे थियाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here