खाेटाङ उद्योग वाणिज्य संघद्वारा साईकल यात्रीलाई सम्मान

साईकल यात्री

एल बि मगर/ खाेटाङ, १ कातिक। खाेटाङ उद्योग वाणिज्य संघले साईकल यात्री कर्णकुमार श्रेष्ठलाई सम्मान गरेकाेछ। खाेटाङ जिल्लामा सामन्य व्यापार व्यवसाय संचालन गर्दै अाएका खाेटाङ खाल्लेका साईकल यात्री श्रेष्ठलाई संघले शुक्रबार सम्मान गरेकाे हाे ।

नेपालकाे ७७ वटै जिल्ला साईकलबाट छिचाेलेर भर्खरै सदरमुकाम अाईपुगेका श्रेष्ठले देश विकासका लागी सबै एक जुट हुनु पर्ने रहेछ भन्ने कुरा सुझेकाे बताउनु भएकाे छ। उहाँले हामिमा रहेकाे संस्कारमा परिवर्तन गर्न जरुरी रहेकाे बताउनु भयाे। उहाँले यात्राकाे क्रममा भाेगीएका र देखिएका घटनाहरु भाेगाईकाे अनुभव राख्नु भएकाे थियाे ।

यस्तै कार्यक्रमका प्रमुख अतिथि विशाल भट्टराईले अागामी दिनमा विदेश साईकल यात्रा गर्दा सचेतताकाे अावश्यकता अाैल्याउनु भएकाे छ। उहाँले समाज परिवर्तन भन्ने विषय कथित यथास्थितीमा रमाउने बाट हाेईन नया परिवर्तन चाहानेहरुबाट नै हुने बताउनु भएकाे छ। साईकल यात्रीलाई बधाई दिँदै उहाँले याे निकै जटिलताबाट शुरुभएकाे यात्रा सकुशल सम्पन्न भएकाे र अागामी दिनमा अभियान जारी राख्नु पर्ने बताउनु भएकाे छ। जिल्लालाई दुर्गम भनिने कुराकाे अालाेचना गर्दै जिल्ला अब दुर्गम नरहेकाे भन्दै तराई सँग माेटर बाटाे जाेड्न ढिला मात्र भएकाे बताउनु भयाे।

कार्यक्रमकाे समापन सँगै उद्योग वाणिज्य सङ्घका अध्यक्ष उपिन कुमार राईले संङ्घका साधरण सदस्यले जुन हिम्मत गरे त्याे ऐतिहािसक रहेकाे बताउनु भएकाे छ। कार्यक्रममा दिक्तेल रुपाकाेट मझुवागढी नगर पालिकाका मेयर दिपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद उपाध्यय, नेकपाका नेता कुमार अाचार्य, समाजवादी पार्टीका जिल्ला अध्यक्ष टंकबहादुर थापा साथै उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष लगायत सदस्यहरुकाे उपस्थिति रहेकाे थियाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here