नेर्पामा नेकपाकाे टाेल कमिटि गठन

समाचार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा )काे दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिका वडा न. ६ नेर्पाकाे विभिन्न टाेलमा स्थानीय टाेलकमिटि गठन गरिएकाे छ । मंगलबार नेर्पाकाे ३ वटा टाेलहरुमा जिल्ला तथा नगर कमिटीका नेताहरुकाे उपस्थितीमा कमिटी बनेकाे हाे ।
नेर्पा रिजाल गाउँमा दुर्गा प्रसाद रिजालकाे अध्यक्षतामा टाेल कमिटी गठन भएकाे हाे। सचीव नारायण प्रसाद रिजाल सहित नौ सदस्य रहेकाे कमिटी गठन भएकाे छ ।
यस्तै आचार्य गाउँ टोल कमिटीमा अध्यक्ष : एकनाथ आचार्य र सचीव : चुडामणि आचार्य सहित एघार सदस्य रहेका छन् । यसैगरी राई गाउँ टोल कमिटीमा अध्यक्ष : अर्जुन कुमार राई र सचीव : मनिता वास्तोला सहित नौ सदस्य रहेका छन्। साथ यश कमिटीकालागी तीन सदस्यीय सल्लाहकार समिति समेत गठन भएकाे छ। जस्मा संयोजक दुर्गा प्रसाद रिजाल, सदस्य अनिल राई र सदस्यमा नारायण रिजाल रहेकाे नेर्पाबाट शरद राईले जानकारी दिनु भएकाे छ।
प्रमुख अतिथी प्रेम बहादुर राई रहनु भएकाे कार्यक्रमकाे अध्यक्षता वडाकमिटी अध्यक्ष लाेकेन्द्र राईले गर्नु भएकाे थियाे। जिल्ला स्तरीय नेताहरुकाे उपस्थितीमा कमिटिहरुकाे गठन गरिएकाे हाे।

Facebook Comments

Leave a Reply