समाजवादी पार्टीको खोटाङमा समायोजन सम्पन्न

समाचार

संगीता राई ।
खोटाङ । समाजवादी पार्टी नेपालको जिल्ला समिति खोटाङले जिल्लाको सबै स्थानीय तहमा पार्टी समायोजनको काम सकेको जनाएको छ । पार्टी एकीकरण लगत्तै संयोजनको काम शुरु गरेको पार्टीले भदौअघि जिल्लाका १० स्थानीयतहमध्ये ९ स्थानीय तहमा पार्टी समायोजन सकेको थियो । बाँकी रहेको खोटेहाङ गाउँपालिकामा पनि दँशैको अवसर पारेरे पार्टी समायोजनको काम सकाएको हो ।
पार्टीले खोटेहाङ गाउँपालिकामा रामबावु राईको अध्यक्षतामा समाजवादीको २५ सदस्यीय गाउँपालिका कमिटि गठन भएको छ । समितिको उपाध्यक्षमा सुशिला राई र तिर्थकुमार राई, सचिवमा जीतकुमार राई, सह–सचिवमा सतबहादुर खत्री र कोषाध्यक्षमा मञ्जु राई चयन भएका छन् ।
समाजवादीका जिल्ला अनुगमन तथा वार्ता सम्वाद समितिका संयोजक केशवराज कार्की र पार्टीका जिल्ला अध्यक्ष टंकबहादुर थापाको उपस्थितिमा खोटेहाङ गाउँपालिकामा पालिका कमिटि गठन गरिएको समाजवादीले जनाएको छ । नयाँ शक्ती र संघीय समाजवादीको एकीकरणपछि खोटाङमा समाजवादीले भदौ १४ गते जिल्ला समायोजनको काम टुंग्याएको थियो ।

Facebook Comments

Leave a Reply