दार्जिलिङका कवि खोटाङमा भेटिए

समाचार

खोटाङ । दार्जिलिङ मिरिक युवा कवि तथा समाजसेवि नुहाङ राई खोटाङ जिल्लामा भेटिएका छन् । हलेसी तुवाचुङ हुँदै खोटाङ आईपुगेका कवि राईसँग खोटाङ दिक्तेलमा रहेका साहित्यकारहरुले भेट गरेका छन् ।
भेटमा सिर्जना सुन्ने र सुनाउने कार्यक्रम समेत भएको कार्यक्रममा कवि नुहाङले दुईवटा कविता सुनाउनु भएको थियो । यस्तै अचानक खोटाङ जिल्ला आएपनि न्यानो आथित्यता पाएको उहाँले बताउनु भयो । उहाँले खोटाङ जिल्ला साहित्यको उर्वर भुमि रहेको बताउँदै दार्जिलिङ भ्रमणको निम्तो समेत गर्नु भएको छ । कार्यक्रममा खोटाङ र दार्जिलिङका साहित्यीक मित्रताको यो पहिलो खुट्किला बनेको उहाँको भनाई रहेको थियो ।
यस्तै कार्यक्रममा रावासावा प्राज्ञिक समाजका उपाध्याक्ष बम बानियाले यो अवसरको सदुपयोग गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा प्रलेस खोटाङका अध्यक्ष चित्र सुवेदी, जिल्ला गजल मञ्चका सचिव प्रमोद श्रेष्ठ, कवि नाकारा, सिता थुलुङ, मिन दाहाल, बम बानिया र भिम राई लगायतले आफ्नो रचना वाचन गरेका थिए । नेकपा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर कमिटि अध्यक्ष विसन राईले शुभकामना व्यक्त गर्नु भएको थियो ।

Facebook Comments

Leave a Reply